६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन प्राधिकरणको निर्देशन

अ+ अ-

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायक कम्पनीलाई विद्युतीय माध्यमबाट भुक्तानीको व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

प्राधिकरणले दोस्रो चरणको कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको जनाउँदै सेवाग्राहीको आवतजावत कम गर्न सकेसम्म महसुल भुक्तानीलगायतका सेवा यथासम्भव विद्युतीय माध्यमबाट व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

प्राधिकरणले अनुमति प्राप्त सबै सेवाप्रदायक कम्पनीलाई कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै सेवा प्रवाहलाई निरन्तरता दिन आज नौ बुँदे निर्देशन दिएको हो । प्राधिकरणमा कार्यरत आठ कर्मचारीको दोस्रो चरणको कोरोना सङ्क्रमण पुष्टि भएसँगै सबै काम अनलाइनमार्फत हुने भएको छ ।

प्राधिकरणको सबै काम अनलाइनमार्फत सञ्चालन भएपछि सेवाप्रदायक कम्पनीलाई समेत सकेसम्म वर्क फर्म होम (घरबाट नै काम) को व्यवस्था मिलाउन निर्देशन दिइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार प्राधिकरणले सेवाप्रदायक कम्पनीलाई नेपाल सरकार र विश्व स्वास्थ्य सङ्गठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाह गर्न, प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्नसमेत निर्देशन दिएको छ ।

यस्तैगरी कर्मचारीलाई समूहमा विभाजन गरी समूह÷समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य गर्ने वातावरण मिलाउन, सङ्क्रमण देखिएका कर्मचारीको कोरोना परीक्षण गर्न तथा कन्ट्याक्ट ट्रेसिङको व्यवस्था मिलाउन, कोभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि व्यवस्थापन समूह गठन गरी सक्रिय बनाउन तथा प्राधिकरणबाट यसअघि जारी गरिएका निर्देशनको समेत परिपालना गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस