काठमाडौँ । नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आज दिउँसो ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्ने भएका छन् ।
सभापति देउवाले कोरोना महामारीका सन्दर्भमा आफ्ना धारणा सार्वजनिक गर्न लागेका हुन् । साथै देउवाले सरकारले कोरोना नियन्त्रणका लागि गरेको प्रयास,सत्ता सहकार्य ,समसामयिक तथा राजनीतिक विषयमा आफ्नो धारणा राख्ने बुझिएको छ ।
पछिल्लो समय कोरोना सङ्क्रमितको सङ्ख्या धेरै बढेको र सरकारले रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी कदम चाल्न नसकेको देउवाको गुनासो थियो ।