८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखाका किसानलाई कृषि सामग्री वितरण

अ+ अ-

काठमाडौँ । टोखा नगरपालिकाले किसानलाई कृषि सामग्री वितरण गरेको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पकेट कार्यक्रमबाट आएको रु २५ लाख र टोखाको कृषि शाखाबाट विनियोजन गरिएको रु २५ लाख गरी रु ५० लाख बराबरको कृषि सामग्री वितरण गरेको हो ।

नगरपालिका प्रमुख प्रकाश अधिकारीले उक्त कार्यक्रमअनुसार कृषकलाई दुईवटा तालीमसहित औजार र दाना वितरण गरिएको जानकारी दिए। टोखाले आधुनिक प्रविधि अपनाएर गाईको दूध दुहुने मेशिन, गाईलाई बस्नका लागि ओछ्याउने म्याट, गोठ सफा गर्ने भ्याकुम स्टाइलको मेशिन, चेष्ट फ्रिजर, हिलटेक ट्याङ्की र दाना वितरण गरेको छ ।

यसैगरी वडा नं १ देखि ११ भित्रका पशुपालन गर्ने ४२ कृषक परिवारलाई उनीहरुको आवश्यकतानुसारको मेशिन र अन्य ४२ परिवारलाई दाना र गोठ सफा गर्ने मेशिन दिइएको छ । टोखाले पशुपालन गर्ने कृषकलाई हौसला बढाउँदै व्यावसायिक बनाउन र उनीहरुलाई आधुनिकीकरणमा लैजान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको सहयोगमा कृषि औजार सामग्री वितरण गरिएको जनाएको छ ।

यस्तै नगरपालिकाले मानव सेवा आश्रम सामाखुशीलाई औषधि र स्वास्थ्य उपकरण सहयोग गरेको छ । टोखाले बिहीबार आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यलाई ध्यानमा राखेर उक्त सामग्री सहयोग गरेको हो । नगर प्रमुख अधिकारीले टोखाको आठौँ नगरसभाबाट भएको निर्णयअनुसार रु पाँच लाख बराबरको औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको जानकारी दिए ।

टोखाले अक्सिजन कन्सनटेटर, इसिजी मेशिन, स्टेचर, ह्विलचेयरलगायत विभिन्न ३८ प्रकारका औषधि र १७ प्रकारका औजाररउपकरण वितरण गरेको हो । मानव सेवा आश्रमले देशभरका सडकमा रहेका अनाथ बालबालिका तथा वृद्धवृद्धाको व्यवस्थापन गर्दै आएको छ । मकवानपुरको हेटौँडामा मुख्य कार्यालय रहेको आश्रमले देशभरका विभिन्न जिल्लामा कार्यालय सञ्चालन गरी सडकमा मानवमुक्त अभियान सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस