८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जहाँ कर्मचारीले वर्षमा चार दिनमात्रै अफिस गए पुग्ने

अ+ अ-

काठमाडौँ । अष्ट्रेलियाको एक कम्पनीले आफ्ना कर्मचारीहरुलाई वर्षमा चार दिन मात्रै अफिस आउन भनेको छ । कर्मचारीहरुले आफूलाई पायक पर्ने नजिकको कार्यालयमा हरेक त्रैमासिक अवधिमा एक पटक मात्र उपस्थित भए पुग्ने छ ।

८० अर्ब डलर मूल्यको एटलासियन कम्पनीले कर्मचारीहरुले जहाँसुकैबाट काम गर्नसक्ने घोषणा गरेको हो । कोरोना भाइरस महामारीको परिस्थितिलाई मध्‍यनजर गर्दै कम्पनीले ‘टीम एनी ह्वेयर’ नीति लागू गरेको हो । जस अन्तर्गत कम्पनीले विश्वका विभिन्न देशमा कार्यरत आफ्ना ५७ सय कर्मचारीहरुलाई कम्पनीको शाखा रहेका विश्वका जुनसुकै देशबाट काम गर्न सक्ने व्यवस्था मिलाएको हो ।

त्यसका लागि कम्पनीले विभिन्न देशको समयमा हुने फरकको समायोजनका लागिसमेत कर्मचारीहरु खटाएको छ । अहिले उक्त कम्पनीका विभिन्न ७ वटा देशमा कार्यालयहरु रहेका छन् । एटलासियनका सहसंस्थापक तथा प्रमुख कार्यकारी स्कट फार्कुहारका अनुसार घरबाटै काम गर्न पाउने स्थायी व्यवस्थाले कम्पनीलाई अस्ट्रेलियामा अवस्थित विश्वव्यापी जनशक्ति भएको कम्पनीको रुपमा स्थापित गराएको बताए । उनले आफू गत १२ महिनामा केवल ३ पटक मात्र अफिस गएको भन्दै कम्पनीको उक्त नीतिले उत्कृष्ट क्षमतावान जनशक्ति आकर्षित गर्ने दाबी गरे ।

संस्थापक स्कट फार्कुहार र माइक क्यानन ब्रुक्सले एक ब्लग पोष्टमा कोभिड–१९ ले इतिहासमा अहिलेसम्मकै वृहत् दूर कार्य अनुभव अर्थात् रिमोट वर्क एक्सपेरिमेन्टको अवसर सिर्जना गरेको बताएका छन् ।
सन् २०२० मा कोरोना महामारी उच्चतम विन्दुमा पुगेका बेला कम्पनीले एक आन्तरिक आदेश जारी गर्दै भाइरसले दूरकार्य संस्कृतिलाई बढावा दिने योजना लागू गर्नमा बल पुगेको बताएको थियो ।

मेलवर्न इन्स्टिच्यूटले गरेको एक अनुसन्धान अनुसार कोभिड–१९ का बेला घरबाटै काम गरेकामध्ये ७० प्रतिशतले महामारी साम्य भएपछि पनि घरबाटै काम गर्न रूचाउनेछन् । शोधकर्ताका अनुसार कर्मचारीहरुले दूरकार्यमा बानी पार्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस