काठमाडौँ । अमेरिकाले नेपाललाई रु एक अर्ब ३० लाख अतिरिक्त सहायता प्रदान गर्ने भएको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा सघाउन आफ्नो देशले अतिरिक्त सहायतास्वरुप उक्त रकम प्रदान गर्ने बताएका हुन् ।
शनिवार अपराह्न ट्विट गर्दै उनले अमेरिकाको पुरानो मित्र नेपाललाई महामारीविरुद्धको लडाइँमा भरथेग गर्न अन्तरराष्ट्रिय विकासका लागि अमेरिकी सहयोग नियोग (युएसएआइडी) मार्फत उक्त रकम उपलब्ध गराइने बताएका छन् ।
‘कोभिड–१९ विरुद्ध ठूलो सङ्घर्ष गरेको आफ्नो मुलुक नेपालप्रति ऐक्यबद्धता प्रकट गर्दछ, निर्दयी कोरोनालाई परास्त गर्न नेपाल सफल हुनेछ’, उनको ट्विटमा भनिएको छ ।
The US is donating an additional $8.5 million to Nepal for #COVID19 relief. We've been a longtime friend of 🇳🇵& Nepalis. As a nation that has deeply struggled w/ this virus, the US stands in solidarity w/ Nepal as it faces COVID-19's ruthlessness.
Together, we will #beatthevirus. pic.twitter.com/gsx6KIv6Jy— U.S. Ambassador Dean R. Thompson (@USAmbNepal) May 1, 2021