९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङका पत्रकारको आफ्नै आइसोलेसन कक्ष

अ+ अ-

गलकोट । नेपालमा दोस्रो लहरको कोरोना सङ्क्रमणको दर बढ्दै गएको सन्दर्भमा अग्रपङ्क्तिमा खटिने पत्रकारका लागि नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले आफ्नै आइसोलेसन कक्ष निर्माण गरेको छ ।

शाखाको आफ्नै भवनको सभाहलमा तत्कालका लागि १० शय्याको आइसोलेसन कक्ष निर्माण गरिएको महासङ्घका शाखा अध्यक्ष नरेश कँडेलले बताए । उनले पत्रकारहरुलाई कोरोनाको बढी जोखिम रहेको र धेरै पत्रकार भाडाको घरमा बसेर काम गर्ने भएकाले कोरोना लाग्दा समस्या भएपछि आफ्नै भवनमा आइसोलेसन कक्ष तयार गरिएको बताए।

‘पत्रकार अग्रपङ्क्तिमा खटिएर काम गरिरहेका हुन्छन्, कोरोना लागेपछि छुट्टै बस्ने स्थान छैन, अस्पतालमा शय्या नपाइन सक्छ त्यसैले पत्रकारहरुका लागि महासङ्घले नै आइसोलेसन कक्ष बनाएको छ’, अध्यक्ष कँडेलले भने, ‘जिल्लामा हालसम्म अग्रभागमा खटिने पाँच पत्रकारलाई कोरोना सङ्क्रमण भई निको भइसकेको अवस्था छ, पत्रकारलाई कोरोना सङ्क्रमणको दरअनुसार आइसोलेसन कक्ष व्यवस्थित तथा शय्या विस्तार गर्दै जानेछौँ ।’

नवनिर्मित भवनको हलमा हाइसोलेसन कक्ष, शौचालय तथा आवश्यक स्वास्थ्य सुरक्षाका सामाग्रीको व्यवस्था छ । अहिले कुनै पनि पत्रकार सङ्क्रमित नभए पनि कोरोनाको बढ्दो सङ्क्रमणले जस्तोसुकै अवस्था आउन सक्ने भन्दै पूर्वतयारी थालिएको महासङ्घले जनाएको छ ।

आइसोलेसनलाई अक्सिजनसहित सञ्चालनको व्यवस्थापन गर्न धौलागिरि अस्पतालले सहयोग गर्ने अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेलले बताए । उनले पत्रकारहरुले आफ्नो व्यवस्थापन गर्न थालेकामा खुसी व्यक्त गर्दै सङ्क्रमणको दर बढ्दै गएमा अस्पतालमा शय्या अभाव हुने भएकाले अन्य स्थानमा समेत आइसोलेसन कक्ष बनाउनुपर्ने बताए। उक्त आइसोलेसन कक्षमा नगरपालिकाले स्वास्थ्यकर्मीसमेत खटाउनेछ ।

आइसोलेसन कक्षमा आवश्यक स्वास्थ्य सामग्री ब्रदर्श सर्जिकल एण्ड डाइग्नोस्टिक प्रालि बागलुङका सञ्चालक नीलकण्ठ शर्माले प्रदान गरेका छन् । उनले पत्रकार महासङ्घलाई पाँच लिटर स्यानिटाइजर क्षमताको विद्युतीय स्यानिटाइजर डिस्पेन्सर, २५० थान मास्क, पाँच लिटर स्यानिटाइजर, पल्स अक्सिमिटर, डिजिटल रक्तचाप परीक्षण औजार, डिजिटल थर्मोमिटर र हेण्ड वास एक थान सहयोग गरेको अध्यक्ष कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस