८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा हजारौँ पटक हिरासतमा थुनिएको व्यक्ति हुँ : अमिक शेरचन

अ+ अ-

काठमाडौँ । गण्डकी प्रदेश प्रमुख पदबाट बर्खास्त गरिएका अमिक शेरचनले आफूलाई पदमुक्त गरिँदा चित्त नदुखेको बताएका छन् । मङ्गलवार पत्रकार सम्मेलनमा बोल्दै उनले आफू भ्रष्टाचार विरुद्धका सङ्घर्षहरूमा हजारौँ पटक यातना पाएको बताएका छन् ।

उनले राष्ट्रिय अखण्डता र राष्ट्रिय स्वाभिमानमाथि बारम्बार हस्तक्षेप र गर्ने भारतीय विस्तारवाद र साम्राज्यवादविरुद्वको सङ्घर्षहरू पञ्चायत कालदेखि गणतन्त्रकालसम्म राष्ट्रघाती र असमान सन्धि सम्झौताविरुद्धको सङ्घर्षहरूमा कुनै प्रकारका षडयन्त्र र गद्दारी नगरेको दाबी गरेका छन् ।

उनले आफू मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण पनि भएको बताए । ‘न त अर्बौँ कमिसन र भ्रष्टाचारमा डुबेको छु । बरु म मन्त्री हुँदा घुस खुवाउन खोज्ने डीजीलाई पदबाट बर्खास्त गरेको ज्युँदो उदाहरण छ मसँग’ उनले भने ।

उनले आफू वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा चार वर्षजति जेलयातना र हजारौँ पटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति भएको बताए ।

‘भ्रष्टाचार र कमिशनहरुको खेलमा दंगदंगी बनाउने आरोप लाग्दा पनि भ्रष्टाचार शून्यमा झार्छु भन्ने ढोँगी व्यक्ति पनि होइन म बरु वैदेशिक हस्तक्षेप सन्धि सम्झौता र भ्रष्टाचारविरुद्धका सङ्घर्षहरूमा चार वर्षजति जेलयातना र हजारौंपटक गिरफ्तार र हिरासतमा थुनिएको व्यक्ति हुँ’ पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘सङ्घर्षको दौरानमा तत्कालीन सरकारको तानाशाही दमनबाट मेरो खुट्टा हात करङ र ढाड फुटेको छ भने गर्धन दुई टुक्रा हुँदा र पटक पटक कैयौँ दिनसम्म बेहोस हुँदा पनि वैचारिक आस्थामा विचलन नभएको व्यक्ति हुँ, स्मरण रहोस् कमरेड मदन भण्डारीको सुनियोजित हत्याकोविरुद्ध संयुक्त आन्दोलन गर्दा प्रहरी दमनबाट मेरो गर्धन दुई टुक्रा भयो भने सत्र दिनपछि होसमा आएको थिएँ ।’

गण्डकी प्रदेश प्रमुख भएको आज १८ महिना २ दिन पुगेको भन्दै उनले आफू खुला जेलबाट मुक्त भएको बताएका छन् । आफूले पदको लागि राजनीति नगरेको उनको भनाइ छ । उनले रामवरण यादवको कार्यकाल समाप्त हुँदा आफूलाई राष्ट्रपतिको र ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको लागि पनि प्रस्ताव आएको र अस्वीकार गरेको बताएका छन् । ‘म पदको लागि राजनीति गरेको व्यक्ति होइन । पूर्व राष्ट्रपति डा. रामवरण यादवको कार्यकाल समाप्तिपछि राष्ट्रपतिको लागि मलाई प्रस्ताव आयो । मैले अस्वीकार गरेँ । त्यस्तै ज्ञानेन्द्रकालमा प्रधानमन्त्रीको प्रस्ताव आउँदा पनि ठाडै इन्कार गरेको व्यक्ती हुँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस