८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय वाणिज्य बैँकका सबै सेवा बन्द

अ+ अ-

डोटी । राष्ट्रिय वाणिज्य बैँक डोटीले सिलगढी शाखाबाट प्रदान हुँदै आएका आफ्ना सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।

बैँकको डोटी शाखाले एक सूचना प्रकाशित गरी जिल्लामा आफ्नो शाखाले दिँदै गरेको सेवा बन्द गरिएको जानकारी गराएको हो । सूचनामा भनिएको छ, ‘बैँकमा कार्यरत केही कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको र अन्य कर्मचारीको स्वाब सङ्कलन गरी परीक्षणका लागि जिल्ला अस्पतालको ल्याबमा पठाइएकाले उक्त नतिजा नआउन्जेलसम्मका लागि बैङ्किङ  सेवा बन्द हुनेछन् ।’ सेवा बन्द गरिएको जानकारी दिइए पनि आफ्ना कुन कुन ठाउँका र कति जनामा कोरोना सङ्क्रमण भयो भन्ने विषयमा बैँकले खुलाएको छैन ।

बैँकले आफ्ना सेवा बन्द गरेपछि सेवाग्राहीलाई निकै समस्या भएको छ । पछिल्लो समय ज्येष्ठ नागरिक, एकल तथा अपाङ्गता भएकाहरु भत्ता लिनका लागि बैँकमा आउन थालेका कारण बैँकको सेवा बन्द भएपछि सबैभन्दा बढी उनीहरु मारमा परेको दिपायल सिलगढी नगरपालिका–६ का रामबहादुर नेपालीले बताए। उनले भने, ‘भत्ता लिने सेवाग्राहीको भीड लाग्ने गरेको छ, बैँकले सेवा बन्द गरेपछि समस्या हुने भएको छ ।’

सेवाग्राहीका समस्यालाई दृष्टिगत गर्दै तथा कर्मचारीको पिसिआर रिपार्टका आधारमा आफ्ना सेवाहरु निकट भविष्यमै पुनः सञ्चालन गर्ने योजना रहेको राष्ट्रिय वाणिज्य बैँक डोटीका प्रमुख हर्कसिंह धामी विष्टले बताए । उनले भने, ‘बाध्यताले हामीले केही दिनका लागि सेवा बन्द गर्नु परेको हो, चाँडै पुनः सेवा सञ्चालन हुनेछ, सेवाग्राहीमा परेको समस्याका लागि हामी क्षमाप्रार्थी छौँ ।’

बैँकले अचानक सेवा बन्दको सूचना निकालेर सबै सेवा बन्द गरेपछि सिलगढीमा रहेको बैँकको शाखामा सेवाग्राहीको भीड लागेको दिपायल पिपल्लाका स्थानीयवासी प्रकाशबहादुर विकले बताए । उनले भने, ‘सेवा बन्द गरेको बैँकले समयमै जानकारी दिएन, यहाँ सेवाग्राहीको भीड लागेको छ, उनीहरुको समस्या कसले बुझ्ने ।’

बैँकमा सुनको ब्याजदेखि अन्य कारोबारका ग्राहकहरुको पनि भीड बढेको स्थानीयवासीहरु बताउँछन् । उता राष्ट्रिय वाणिज्य बैँक दिपायल शाखाले भने आफ्नो सेवा पुनः सञ्चालन राखेको शाखा प्रमुख गणेशबहादुर विष्टले बताए । उनले भने, ‘हाम्रो शाखामा पनि केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ, उहाँहरु आइसोलेशनमा हुनुहुन्छ, सेवाग्राहीको चापलाई ध्यानमा राखेर हामीले सेवा पुनः सञ्चालन गरेका छौँ, बन्द भएको छैन ।’

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जिल्ला प्रशासनले आज रातिदेखि लागू हुने गरी १० दिनका लागि निषेधाज्ञा गर्ने निर्णय गरेपछि भत्तादेखि खातामा भएको आफ्नो रकम झिक्न आउने सेवाग्राहीका कारण बैँकमा भीड बढेको बताइएको छ । जिल्लामा अहिलेसम्म कम्तीमा पनि १७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोभिड सम्पर्क व्यक्ति तेजबहादुर शाहीका अनुसार भारतबाट रोजगारी गरी घर फर्किएका यहाँका नागरिकमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना सङ्क्रमणका कारण दुई हप्ताको अवधिमा जिल्लामा दुई जनाको ज्यान गइसकेको छ ।

कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्न थालेपछि यहाँका स्थानीयवासीमा त्रास फैलिएको बताइएको छ । जिल्लामा दुई नगरपालिका तथा सात वटा पालिकासहित नौ वटा स्थानीय तह भए पनि कोरोना रोकथाम तथा नियन्त्रणका लागि कसैले पनि पहल नगरेको स्थानीयवासीको आरोप छ । जिल्लामा अहिलेसम्म भारतबाट आएका नागरिक राख्नका लागि क्वारेन्टिन तथा सङ्क्रमण भएका व्यक्ति राख्नका लागि आइसोलेशन वार्डसमेत निर्माण गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस