७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वन्यजन्तु अपराध नियन्त्रण गर्न ब्युरो गठन

अ+ अ-

बलेवा । ढोरपाटन शिकार आरक्ष क्षेत्रमा अवैध रुपमा हुनसक्ने वन्यजन्तु र तिनको आखेटोपहारको ओसारपसार नियन्त्रणमा सघाउ पुर्याउन जिल्लास्तरीय वन्यजन्तु अपराध नियन्त्रण ब्युरो गठन गरिएको छ । शिकार आरक्षका प्रमुख संरक्षण अधिकृतको संयोजकत्वमा ब्युरो गठन गरिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, वन तथा भूसंरक्षण विभाग र वन्यजन्तु कोषसमेतको पहलमा ब्युरो गठन गरेर काम थालेको प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलले बताए । शिकार आरक्ष क्षेत्रमा वन, वन्यजन्तु, वनस्पतिलगायत सम्पूर्ण जैविक विविधताको संरक्षण संवर्द्धन र व्यवस्थापनमा समेत सम्बन्धित सरोकारवाला निकायबिच समन्वय गर्ने र प्रभावकारी रुपमा आपसी संवाद, सहकार्य गर्ने जिम्मेवारी ब्युरोले पाएको छ ।

विसं २०७७ पुस २८ गते प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेअनुसार ब्युरो गठन गरिएको हो । शिकार आरक्ष फैलिएका म्याग्दी र रुकुम पूर्वमा पनि ब्युरो गठनका लागि सिफारिस गरी विभागमा पठाइएको कँडेलले जानकारी दिए । ‘यो एउटा एक्सन समिति हो, जसले संरक्षणमा विशेष ध्यान दिएर काम गर्छ’, कँडेलले भने, ‘शिकार आरक्ष क्षेत्रका वन्यजन्तु, वन पैदावार, वनस्पतिलगायतको संरक्षणमा ब्युरोले विशेष काम गर्नेछ ।’

ब्युरोमा जिल्ला प्रशासन कार्यालय, सरकारी वकिल कार्यालय, नेपाली सेना, डिभिजन वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, कारागार र जिल्ला हुलाक कार्यालयका प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस