८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाकिस्तानी प्रधानमन्त्री खान साउदी अरबको भ्रमणमा

अ+ अ-

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खान साउदी अरबको तीन दिन भ्रमणका लागि शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । भ्रमणका क्रममा दुई देशबीचको द्विपक्षीय सम्बन्धका बारेमा छलफल हुनेछ ।

पाकिस्तानी अखबार डनका अनुसार दुई देशबीच केही समयदेखि जारी तिक्तता हटाउन दुवै पक्षले प्रयास गर्नेछन् ।

पाकिस्तानी प्रधानमन्त्रीको कार्यालयले साउदी अरेबियाका राजकुमार मोहम्मद बिन सल्मानको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री खानले साउदी अरेबियाको भ्रमण गर्न लागेको जनाइएको छ ।

प्रधानमन्त्री खानका साथ विदेश मन्त्री र मन्त्रिमण्डलका अन्य सदस्य समेतको प्रमण्डल रहेको छ ।

भ्रमणका क्रममा साउदी पक्षसँग आर्थिक, व्यापारिक, लगानी, ऊर्जा, रोजगारीका अवसर समेतका विविध विषयमा छलफल हुने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । साथै बैठकमा दुवै पक्षले आपसी चासोका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि विचार आदानप्रदान गर्ने डनले लेखेको छ ।

साउदी अरेबियाको भ्रमणका क्रममा प्रधानमन्त्री खानले इस्लामिक सहयोग सङ्गठन (ओआइसी) का महासचिव युसुफ अल–ओथाइमीन, विश्व मुस्लिम लिगका महासचिव मोहम्मद बिन अब्दुलकरिम अल–इसा र मक्का एवं मदिनाका मस्जिदका इमामसँग पनि भेटघाट गर्नेछन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयले जारी गरेको विज्ञप्तिमा पाकिस्तान र साउदी अरेबियाबीच लामो र ऐतिहासिक भातृत्वपूर्ण सम्बन्ध रहिआएको उल्लेख गरिएको छ । ‘दुई देशबीचको सम्बन्ध सबै क्षेत्रमा प्रगाढ रहेको तथा क्षेत्रीय एवं अन्तर्राष्ट्रिय मामिलामा आपसी समझदारी रहँदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

यद्यपी पाकिस्तान र साउदी अरेबियाबीचको सम्बन्धमा सन् २०१५ देखि तिक्तता आएको छ । खास गरी यमनमा जारी युद्धमा पाकिस्तानी संसद्ले आफ्ना सेना पठाउन रोक लगाउने निर्णय गरेपछि दुवै देशबीच असमझदारी बढेको हो । साउदी अरेबियाको अग्रसरतामा यमनमाथि आक्रमण हुँदै आएको छ जसबाट ठूलो जनधनको क्षति भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस