७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना एम्बुलेन्स व्यवस्थापन गर्न सांसद महतद्वारा सहयोग

अ+ अ-

खलङ्गा । जुम्लाका सङ्घीय सांसद गजेन्द्रबहादुर महतले कोरोना एम्बुलेन्स व्यवस्थापन गर्नका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) लाई रु १० लाख उपलब्ध गराउने भएका छन् ।

जिल्लामा दिनहुँ कोभिडका बिरामी बढिरहेको बेला कोभिड एम्बुलेन्स व्यवस्थापनका लागि रु १० लाख डिसिसिएमसीलाई उपलब्ध गराउने सांसद महतले बताए ।

यही वैशाख १८ गते जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको डिसिसिएमसीको बैठकले कोरोना सङ्क्रमित बिरामी ओसारपसार गर्ने एम्बुलेन्स व्यवस्थापन गर्नका लागि स्थानीय तहले तीन दिनसम्म रु एक/एक लाख जम्मा गरिसक्नुपर्ने निर्णय गरेको थियो । निर्णय गरेको एक साता बित्न लाग्दा पनि कुनै पनि स्थानीय तहले रकम जम्मा नगरेपछि सांसद महतले निर्वाचन क्षेत्र विकास कोषबाट रु १० लाख उपलब्ध गराएका हुन् ।

कार्यालयले कोभिडका बिरामी ओसारपसार गर्न सम्बन्धित स्थानीय तहलाई परिपत्र गरिसकेको छ । स्थानीय तहले डिसिसिएमसीको बैठकमा आफैँ निर्णय गर्ने तर निर्णयको आफैँ कार्यान्वयन नगर्ने गरेकाले कोभिड एम्बुलेन्स व्यवस्थापन हुन सकेको थिएन । सांसद महतले कोषबाट रु १० लाख तिला गाउँपालिकालाई उपलब्ध गराउने बताएका छन् भने गाउँपालिकाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई उपलब्ध गराउने छ ।

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ८४ पुगेको छ । वैशाख २४ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको पिसिआर ल्याबमा ४० जनाको स्याम्पल परीक्षण गरिएकामध्ये २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको प्रतिष्ठानले जनाएको छ । सङ्क्रमण पुष्टि भएका व्यक्ति लक्षणसहितका छन् । उनीहरुलाई अक्सिजनको पनि आवश्यकता पर्ने बताइएको छ ।

यसैबीच कोरोना सङ्क्रमितलाई बोक्न जुम्लाको सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले आफू चढ्ने गाडीलाई एम्बुलेन्स बनाएका छन् । कोरोना सङ्कटका बेला सङ्क्रमित ओसारपसार गर्न आफू चढ्ने गाउँपालिकाको गाडी एम्बुलेन्सका रूपमा प्रयोग गर्न दिएको अध्यक्ष रावलले बताए । गाउँपालिकामा एक एम्बुलेन्स छ । एम्बुलेन्सले दुई महिनादेखि सङ्क्रमित बिरामी ओसारपसार गरिरहेको छ । गाउँपालिकाले कोभिड बिरामी बोक्नका लागि एउटा अर्को गाडी पनि व्यवस्थापन गरेको छ । गाउँपालिकाले तीन वटै गाडी तयारी अवस्थामा राखेको छ ।

अध्यक्ष रावलले भने, ‘सङ्कटको समयमा जनताको सेवा गर्नु स्थानीय सरकारको काम हो । जनता बाँचे हामी बाँच्छौँ । जनता नरहे हामी पनि रहँदैनौँ ।’ गाउँपालिका अध्यक्ष रावल चढ्दै आएको गाडीसमेत कोरोना सङ्क्रमित ओसारपसारका लागि प्रयोग गर्ने भएपछि स्थानीयवासी उत्साहित भएका छन् ।

प्रतिक्रिया दिनुहोस