९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजीनामा दिँदै खनाल–नेपाल पक्षका सबै सांसद

अ+ अ-

काठमाडौँ । नेकपा  एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले सामूहिक राजीनामाको निष्कर्ष निकाल्दै २४ अल्टिमेटम दिएका छन् ।

२०७५ जेठ २ गतेमै पार्टीलाई फर्काउने आफूहरूको प्रस्तावमा ओली उदासीन भएको बताउँदै आएको नेपाल समूहका सांसदहरूले आइतबार साँझ या सोमबार बिहानसम्म सामूहिक राजीनामा आउने बताएका छन् ।

नेपाल पक्षका सबै सांसदले संविधानको धारा ८९ (क) अनुसार राजीनामा बुझाउने तयारी गरेका हुन् । हाल खनाल–नेपाल पक्षले आफ्नो समूहमा ३५ सांसद रहेको बताइरहेको छ भने ओलीले खनाल–नेपाल पक्षका ३० सांसदलाई स्पष्टीकरण सोधेका छन् ।

यसअघि पार्टीलाई एक ढिक्का राख्ने उपाय खोज्न राष्ट्रपतिदेखि एमालेका दोस्रो तहका नेताहरूसम्म सक्रिय रहे पनि त्यसले सकारात्मक परिणाम निकाल्न सकेन ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका निम्ति २७ वैशाखमा संसद्को विशेष अधिवेशन बोलाइएको छ । तर अहिलेकै अवस्थामा प्रधानमन्त्री ओलीलाई माधव नेपाल समूहका सांसदहरूले विश्वासको मत नदिने भएका छन् । खनाल–नेपाल पक्षका सांसदको राजीनामापछि जनता समाजवादी पार्टीको सिङ्गै टिम ओलीतिर लागे पनि विश्वासको मत पुग्ने छैन । यससँगै काँग्रेसलाई गठबन्धन सरकार बनाउन थप सहज त हुनेछ नै विभाजनतिर गइरहेको एमाले फुट्नका लागि थप आधार बन्नेछ । शनिवार नै बसेको काँग्रेस संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस