९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संवैधानिक परिषद्को बैठक बस्दै, देउवा र सापकोटा नजाने

अ+ अ-

काठमाडौँ । आज संवैधानिक परिषद्को बैठक बस्दै छ । रिक्त रहेका संवैधानिक आयोग पदाधिकारी नियुक्तिबारे छलफल गर्न बैठक बोलाइएको हो ।

बिहान नौ बजे बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्नि प्रसाद सापकोटाले भने सहभागी नहुने जनाएका छन् ।

रिक्त रहेको लोक सेवाका पदाधिकारीको नियुक्ति सिफारिसबारे पनि बैठकमा छलफल हुने छ । यसै गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ सदस्य पद रिक्त छन् । महिला आयोगसहित अरू केही संवैधानिक आयोगमा पनि केही पद खालि छन् ।

संवैधानिक आयोगहरूका अध्यक्ष तथा सदस्य पदमा परिषद्को सिफारिसमा नियुक्ति हुने व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषदमा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलका नेता रहन्छन् ।

सत्ता पक्षकै एमालेको माधव नेपाल पक्ष र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पनि संवैधानिक परिषद्को बैठकको विरोध जनाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुभन्दा एक दिन अगाडि परिषद्को बैठक बोलाएका हुन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पनि परिषद्को बैठकमा जाने नजाने एकिन नभएको स्रोतले बताएको छ । उनी सहभागी भए परिषद्को बैठकमा बहुमत पुग्छ । त्यसैले नियुक्तिको सिफारिस सम्बन्धी निर्णय प्रधानन्यायाधीशको उपस्थिति र अनुपस्थितिमा भर पर्ने छ ।

प्रतिक्रिया दिनुहोस