८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो

अ+ अ-

धनुषा । कोरोना महामारीको दोस्रो लहरमा सङ्क्रमितको सङ्ख्या बढेपछि उपचार सहज बनाउन प्रदेश नं २ सरकारले प्रदेशका अस्पतालमा जनशक्ति थप गरेको छ । प्रादेशिक अस्पताल जनकपुरधाम, नारायणी अस्पताल वीरगञ्ज, गजेन्द्रनारायण सिंह अस्पताल राजविराजसहितका अस्पतालमा जनशक्ति थप गर्ने निर्णय गरिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनाए अनुसार छ महिनाका लागि जनशक्ति नियुक्त गर्न अस्पताललाई अधिकार दिइएको छ । यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो । तीमध्ये आइसीयु सञ्चालनका लागि ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी नारायणी अस्पताल वीरगञ्जमा कोरोनाको सघन उपचारका लागि प्रदेश सरकारले १९ र सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा आठ जनशक्ति थप गरेको छ । सप्तरीको भारदह अस्पताल, पर्साको पोखरिया अस्पताल, सिरहा, जलेश्वर, मलगङ्वा, गौर, कलैया र लहान अस्पतालमा पनि कोरोनाको सघन उपचारका लागि थप जनशक्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

प्रदेश नं २ सरकारले प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामका लागि ३३ जनशक्ति उपलब्ध गराएको छ । नवौँ तहको माइक्रोबायोलोजिष्ट तीन, सातौँ तहको मेडिकल टेक्नोलोजिष्ट नौ, सहायक पाँचौँ तहको ल्याबटेक्निसियन चार, सहायक चौथो तहको ल्याब असिस्टेन्ट तीन, कम्प्युटर अपरेटर तीन, सवारी चालक दुई, सुरक्षा गार्ड तीन, कार्यालय सहयोगी तीन र स्वीपर तीन जना उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।

विद्युत् अनियमित हुँदा दुई दिनदेखि पिसिआर मेसिन बन्द
सर्लाही–सर्लाही अस्पताल मलङ्गवामा जडान गरिएको पिसिआर मेसिन विद्युत् अनियमित हुँदा दुई दिनदेखि बन्द रहेको छ । जिल्लामा विद्युत् अनियमित हुँदा पिसिआर मेसिन बन्द भएको हो । ल्याबमा बुधबार राति ९४ जनाको थ्रोट स्वाब जाँच गर्दा ४७ जनाको पोजिटिभ रिपोर्ट आएको थियो ।

त्यसपछि बिहीबार, शुक्रबार र शनिबार दिनभर छिनछिनमै बत्ती गइरहने समस्याले मेसिन चलाउनै नसकिएको जिल्ला अस्पताल सर्लाहीका जनस्वास्थ्य निरीक्षक श्रीप्रसाद साहले बताए ।

उनले मेसिन सञ्चालन नभए पनि शुक्रबार ३० जनाको थ्रोट स्वाब सङ्कलन भएको बताए । बुधबार, बिहीबार र शुक्रबारको केही स्वाबको रिपोर्ट आउन बाँकी रहेको थियो भने शनिबारको स्वाब सबैको रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ । यता शनिबार सार्वजनिक बिदा परेकाले आज मात्रै रिपोर्ट आउन सक्ने जनस्वास्थ्य निरीक्षक साहले बताए ।

अस्पतालमा जेनेरेटर र अन्य वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा ल्याबमा खटिएका कर्मचारी समस्यामा परेका छन् । जिल्ला अस्पतालमा वैशाख १७ गतेदेखि ल्याब सञ्चालन भएयत शनिबारसम्म ३९० जनाको स्वाब सङ्कलन भएको छ । सर्लाहीमा शुक्रबार बिहानसम्म जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या २४३ पुगेको स्वास्थ्य कार्यालय सर्लाहीका बलिराम यादवले जानकारी दिए भने चार जनाको कोरोना सङ्क्रमणबाट ज्यान गइसकेको यादवले बताए ।

शुक्रबार र शनिबार स्वाब सङ्कलन गरिएका सबै स्वाबको रिपोर्ट आज मात्र आउने जिल्ला जनस्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । एकपटक पिसिआर मेसिन चलाउन ९४ देखि ९६ जनाको थ्रोट स्वाब जम्मा हुनुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस