काठमाडौँ । नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरूको बैठक सिंहदरबारमा सुरु भएको छ ।
राजीनामा दिन हस्ताक्षर गरेका सांसदहरूसँग माधव नेपालले केपी ओलीका दुई दूतसँगको वार्ताबारे गराई रहेका छन् ।
केपी ओली आफ्नो अडानमा टसमस नभएकोले राजीनामा नै अन्तिम विकल्प रहेको र ढिला नगरी राजीनामा दिएर सनाखत गर्नेतर्फ लाग्न सांसदहरूलाई आग्रह गरेका छन् ।
समानुपातिक सांसदहरूले पनि राजीनामा दिने तयारी गरेका छन् ।