१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी भाडा लिने यातायातका चार जना पक्राउ

अ+ अ-

काठमाडौँ । यात्रुसँग बढी भाडा लिने यातायातका चार कर्मचारीलाई आज महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले पक्राउ गरेको छ । ट्राफिक प्रहरीले काठमाडौँको ढुङ्गेधाराबाट बझाङका २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षका आकाश विष्ट तथा नयाँ बसपार्कबाट मकवानपुर घर भइ बालाजु बस्ने ३२ वर्षीय अमृत विष्ट र गोर्खा घर भई मित्रनगर बस्ने वर्ष ४५ का सोमबहादुर गुरुङ्गलाई पक्राउ गरेको हो

उनीहरुले ना ८ख८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत धनगढी जाने यात्रुसँग प्रतिव्यक्ति चार हजारदेखि चार हजार ५०० सम्म भाडा लिएको पाइएको महाशाखाले जनाएको छ । पक्राउ परेका चारै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त बालाजुमा बुझाएको छ । यसअघि बढी भाडा लिने १७ जनालाई महाशाखाले पक्राउ गरी कारवाहीका लागि सम्बन्धित प्रहरी कार्यालयमा बुझाइसकेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराइले जानकारी दिए । अहिले प्रहरीले आफैँ यात्रु बनेर जाने, सादा पोशाकमा निगरानी गर्ने र विशेष सुराकी परिचालन गरेर यातायात क्षेत्रको अनुगमन गरिरहेको छ ।

उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट फर्किने र जरुरी काम परी उपत्यका बाहिरका जिल्ला जाने यात्रुलाई काउण्टरका कर्मचारीले छ गुणा बढीसम्म भाडा लिइ ठगी गर्ने गरेको पाइएको छ । यस्ता कार्यमा काउण्टरका कर्मचारी कै संलग्नता रहेको पाइएको छ । निषेधाज्ञापश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट ट्राफिक प्रहरीले यात्रु ठग्ने काउण्टरका कर्मचारी र बुकिङ्ग स्टाफलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस