काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिकतामाथि प्रश्न उठाएका छन् ।
सोमबार जारी संसद् बैठकमा उनले आफैँले विघटन गरेको संसदमा विश्वासको मत लिन नैतिकताले दिन्छ र ? भन्दै प्रश्न गरेका हुन् ।
उनले ओलीले फेरि संसद् विघटन गर्छन् भन्ने पहिले समर्थन फिर्ता लिन नसकेको बताए । उनले विश्वासको मत लिन लागिएको स्वाभाविक नभएर नाटकीय लागेको समेत बताए ।