८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पत्रकार र प्रहरीलाई स्वास्थ्य सामग्री

अ+ अ-

बनेपा । दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणदर तीव्रगतिमा फैलिरहेको बेला अग्रपङ्क्तिमा रहेर काम गर्ने सुरक्षाकर्मी र पत्रकारका लागि अनेरास्ववियू काभ्रेले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सोमबार अनेरास्ववियू काभ्रेले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखा र जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई सो सामग्री हस्तान्तरण गरेको हो ।

सो क्रममा अनेरास्ववियूले ७५० थान मास्क, ६० मिलिलिटरको १०० थान स्यानिटाइजर, ३० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । नेकपा (एमाले) माधव नेपाल समूह काभ्रेका जिल्ला सचिव दीपक गौतम, युवासङ्घका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्ववियू काभ्रेका अध्यक्ष वदन भण्डारी, उपाध्यक्ष मन्दिरा तिमल्सिनालगायतले महासङ्घ कार्यालयमै पुगेर अध्यक्ष बद्रीराज तिमल्सिनालाई सामग्री हस्तान्तरण गरेका हुन् । अध्यक्ष तिमल्सिनाले सङ्कटका बेला पत्रकारको सहयोगका लागि स्वास्थ्य सामग्री उपलब्ध गराएर विपद्का बेलामा ठूलो सहयोग पु¥याएको बताए ।

त्यस्तै अनेरास्ववियूले सोमबार नै जिल्ला प्रहरी कार्यालयमा पुगेर स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । सो टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका लागि ७५० थान मास्क, ६० मिलिलिटरको २०० थान स्यानिटाइजर, २०० थान फेससिल्ड, १० थान बाफ लिने मेसिन हस्तान्तरण गरेको छ । संस्थागतरूपमा जिल्लाका सबै नगरपालिका, गाउँपालिका र आइसोलेशन केन्द्रमा स्वास्थ्य सामग्री वितरण गरिने नेकपा एमाले काभ्रेका जिल्ला सचिव गौतमले बताए।

महासङ्घद्वारा ‘आपतकालीन राहत कोष’ स्थापना
कोरोना कहरकै बीचमा पनि अग्रपङ्क्तिमा रहेर काम गर्ने पत्रकारको सहयोगका लागि कोरोना भाइरसको प्रभावले पर्ने कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई राहत उपलब्ध गराउने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोक शाखाले रु पाँच लाखको ‘आपतकालीन राहत कोष’ स्थापना गरेको छ । पत्रकार महासङ्घका अध्यक्ष तिमल्सिनाले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखामा खाता खोलेर आफ्नो तर्फबाट सोमबार रु १० हजार रकम जम्मा गरी सो कोष स्थापनाको घोषणा गरेका हुन्।

समाचार सङ्कलनका क्रममा अग्रपङ्क्तिमा खटिने धेरैजसो सञ्चारकर्मीको तलब, सेवा सुविधालगायत बीमा, बोनस, सञ्चयकोष केही पनि नहुने र पाएको जागिरको तलबसमेत भन्ने बेलामा उपलब्ध नभएको वास्तविकतालाई ध्यानमा राखेर गाह्रो र अप्ठ्यारो पर्दा मद्दत गर्ने उद्देश्यले सो कोषबाट सहयोग गर्ने गरी कोष स्थापना गरेको महासङ्घले जनाएको छ । कोरोनाकै कारण कुनै पनि असहज परिस्थितिमा पत्रकारलाई थोरै भए पनि राहतको महसुस गराउन सकियोस् भन्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ काभ्रेले रु पाँच लाखको आपतकालीन राहतकोष स्थापनाको कार्य अगाडि बढाएको अध्यक्ष तिमल्सिनाले बताए। स्थापना गरिएको कोषबाट परिस्थितिजन्य अवस्थालाई मध्यनजर गरी पत्रकारहरुका लागि कार्यविधि बनाएर सहयोग गरिने उनले बताए । कोषमा रकम जम्मा गर्ने गराउने तथा सहजीकरण गरिदिन महासङ्घले सबैमा आग्रहसमेत गरेको छ । त्यसका लागि महासङ्घले राष्ट्रिय वाणिज्य बैंक धुलिखेल शाखाको खाता नं १०४०१००००७२०२००१ मा जम्मा गरी सहयोग गर्न महासङ्घले अनुरोध गरेको छ ।

पत्रकार महासङ्घले आह्वान गरेको सहयोगका लागि सोमबार नै माधव नेपाल पक्षका नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू काभ्रेले नगद रु १५ हजार महासङ्घ काभ्रेपलाञ्चोक शाखालाई हस्तान्तरण गरेको छ । त्यस्तै काभ्रेपलाञ्चोक जिल्लाबाट प्रकाशित प्रभातफेरी साप्ताहिकको प्रधानसम्पादक प्रल्हाद शर्मा हुमागाईँले रु पाँच हजार र पत्रकार कविता शर्माले रु १० हजार पत्रकार महासङ्घलाई हस्तान्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस