८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आमा !

अ+ अ-

संसारको सबैभन्दा पवित्र नाता, पवित्र सम्बोधन हाे, आमा । हामीमध्ये धेरैले सर्वप्रथम बोल्न सिकेको शब्द हाे आमा । अनि पल-पलमा सम्झना आउने, सुख दु:खमा झझल्को आउने एउटा अनुहार आमा नै हुन् । आज उनै आमाप्रति समर्पण हुने दिन मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन। यो दिन हरेक वर्ष वैशाख कृष्ण औँसीको दिनमा पर्दछ।

यस दिन मनुष्यले बिहानै उठी स्नान गरेर हरिहरको दर्शन गर्नुपर्दछ। आमा हुनेले घरमा मीठा खानेकुरा खुवाउने र राम्रा लुगा दिनुपर्छ। आमा नहुनेले ब्राह्मण र ब्राम्हणीलाई भोजन गराउनु उत्तम हुन्छ ।

आमा भनेको के हो र उहाँलाई कसरी मान्नु पर्दछ ? हामी सबैले आमालाई “मातृदेवो भव ” अनि देवता जस्तो मान्ने होऊ। सधैँ हामीले मनन गरौँ आमा भनेको सर्वमान्य व्यक्ति भएको हुँदा छोराछोरीले प्रेमपूर्वक श्रद्धाभक्तिअनुसार मिठा- मिठा परिकारहरू बनाई खुवाउने गर्नुपर्दछ। यदि माताको मृत्यु भइसकेको छ भने छोराहरूले माताको सम्झनामा पिण्ड पानी दिने गर्नुपर्दछ यही नै आमा प्रति सच्चा श्रद्धाञ्जली हुनेछ र यसो गरेमा छोराको कल्याण हुनेछ।

मातृदेवो भव: । पितृदेवो भव: ।।आचार्यदेवो भव: ।।।
“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी”
“कुपुत्र जायते क्वचिदपि कुमाता न भवति”

“मातृदेवो भव:” भनेर सबैभन्दा पहिले भनिन्छ त्यसपछि मात्र “पितृदेवो भव:” भनिन्छ । अनि त्यसपछि “आचार्य देवो भव:” भनिन्छ यसैबाट शास्त्रले आमालाई महत्त्व दिएको स्पष्ट हुन्छ।

“जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी” आफू जन्मेको भूमि र आफ्नी आमा जस्तोसुकै भए पनि आफ्नो लागि स्वर्ग समान हुन्छन्।

“कुपुत्र जायते क्वचिदपि कुमाता न भवति” अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिले कुआमा हुदिनन् भन्ने भनाइ छ। शास्त्रमा बाबु भन्दा आमा १० गुणा बढी मान्य हुन्छन् भनी व्याख्या पनि गरिएको पनि छ।

सन्तान जहाँ जसरी बसे पनि आमाको माया र स्नेह अपार छ। आफ्ना सन्तानको उन्नति र प्रगतिको लागि म कहिल्यै बाधक बन्न चाहन्न भनेर गाउँवस्तीमै बसेर सुख दु:ख बिताइरहेकी हुन्छिन्। सधैँभरि आफ्ना छोराछोरीलाई आमाले दिने माया ममता जस्तो छ त्यसै गरी आमालाई माया ममता दिई एक्लोपनको महसुस हुन नदिउँ।

उजाड र निर्जन बस्तीमा बाबुआमालाई सधैँ राखेर एक दिन फोनमार्फत कुरा गर्ने वा भेट्न जाने मात्र गरेर आमाप्रतिको कर्तव्य पूरा हुँदैन भन्ने सबै सन्तानले हेक्का राख्नुपर्दछ। समय परिस्थिति अनुसार आमाको चाहना र भावना बुझ्ने कोसिस गर्नु नै आमाप्रतिको सम्मान हुनेछ। एक दिनको भेटमार्फत दिइने मिर्ठाई, फलफूल, वस्त्र र मीठो बोलाईमा मात्र मातृ दिवस सीमित नहोस्।

आजको दिनमा आमाप्रतिको सच्चा माया र सम्झना भनेको आमाप्रति देखाइने कर्तव्य बोध हो। जबसम्म सन्तानले आफ्ना आमाबाबुप्रति कर्तव्य बोध र दायित्वबोध गर्न सक्दैन, आज आमालाई भेटेर मीर्ठाई खुवाइ, नयाँ वस्त्र पहिर्‍याई देखाएको क्षणिक र देखावटी मायाले आमाको दशधारा दूधको भारा तिर्न सकिँदैन। आमाले दिएको शिक्षा, माया ममताको शुल्क सहजै तिर्न सकिँदैन जति आमाप्रति सम्मान र कर्तव्य बोधले सकिन्छ। जसरी आमाले दिएको हामीलाई माया ममता छ त्यसै गरी हामीले पनि माया ममता दिएर नै सदा खुशी राख्नुपर्दछ।

आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो । यिनै आमा जसले हामीलाई संसार देखाइन्, , गर्भमा राखेर जन्माइन अनि काखमा राखेर पालिन । ममता कि खानी अनि वालापनामा हाम्रा हरेक इच्छा, आकाङ्क्षा अनि चाहने पुरा गरिदिने, कल्पवृक्ष सरि, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी कोटी नमन छ ।

अन्ततः सबै सन्तानहरूलाई आमा प्रतिको कर्तव्य पालना गरी आमालाई सधैँ खुसी राख्न आग्रह गर्दै सबै आमाहरूलाई उहाँहरूको सुस्वास्थ्य, सदैव सन्तानका साथ अपार खुसी र सुखमय दीर्घ जीवनका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

देवकोटा एभरेस्ट इन्जिनियरिङ कलेज सानेपा, ललितपुरका ब्याचलर इन सिभिल इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् 

प्रतिक्रिया दिनुहोस