१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लियोनार्दो दा भिन्चीले बनाएको भालुको चित्र एक करोड ६० लाख डलरमा बिक्री हुँदै

अ+ अ-

लन्डन । विश्वप्रख्यात चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको एउटा सानो भालुको चित्र १६ मिलियन अर्थात् एक करोड ६० लाख डलरभन्दा धेरैमा रकममा बिक्री हुने भएको छ । दा भिन्चीले बनाएका आठ चित्रहरुमध्येको एक भएको यसको लिलामी आयोजना गर्ने कम्पनी क्रिस्टिजले जनाएको छ ।

क्रिस्टिज लिलामी घरले नै यसलाई सन् १८६० मा आजको केबल ४३९ डलरमा बिक्री गरेको थियो ।

केबल आठ इन्च आकारको उक्त चित्र हलुका गुलाबी रङको कागजमा ‘सिल्भरपोइन्ट’ प्रविधिको प्रयोग गरी बनाइएको छ । भिन्सीले ‘सिल्भरपोइन्ट टेकनिक’ आफ्ना मास्टरबाट सिकेका थिए, जसमा रासायनिक कागजमा चिह्न लगाइ सिल्भर रड या वायरको प्रयोग गरी चित्र कोरिन्छ ।

‘हेड अफ अ बियर’ शीर्षकको उक्त चित्र त्यसै समयदेखि लन्डनको नेसनल ग्यालरीलगायत विभिन्न प्रमुख संस्थाहरुमा प्रदर्शनका लागि राखिँदै आएको छ । यस चित्रमा उनको आफ्नो असली हस्ताक्षर पनि रहेको छ ।

यसै महिनाको अन्त्यमा यो चित्रलाई हङकङस्थित प्रदर्शनीमा राख्ने बताइएको छ । त्यसपछि फेरि लन्डन ल्याइ एक करोड ६८ लाखसम्म सेलमा बिक्री हुने अपेक्षा गरिएको छ ।

लिओनार्दो दा भिन्सीको सबैभन्दा महँगोमा बिक्री हुने चित्र, ‘हर्स एन्ड राइडर’ २००१ मा एक करोड १२ लाख डलरमा बिक्री भएको थियो । अब जुलाईमा हुने यो लिलामीले नयाँ रेकर्ड राख्न सक्ने क्रिस्टिजको विश्वास छ । सीएनएन

प्रतिक्रिया दिनुहोस