१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बढी भाडा लिएकाे आरोपमा दुई जना पक्राउ

पक्राउ
अ+ अ-

काठमाडौँ । यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ ।

उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए।

पक्राउ पर्नेमा सप्तकोशी काउण्टर कलङ्कीमा काम गर्ने बाराका ४१ वर्र्षीय हृदयनारायण साह र नयाँ बसपार्कबाट बर्दियाका ३५ वर्षीय कृष्ण चौधरी रहेका छन । साहले ना ६ ख ५०६७ नम्बरको बसमा कलैया जाने यात्रुसँग तीन गुणासम्म बढी भाडा लिएका थिए ।

पक्राउ परेका चौधरीले बर्दिया जाने यात्रुहरुसँग प्रति व्यक्ति तीन हजारसम्म लिने गरेको पाइएको छ । उनले ना ७ ख ४९२० नम्बरको बसमार्फत बर्दिया जाने यात्रुसँग बढी भाडा लिएको पाइए पछि पक्राउ गरेको महाशाखाले जनाएको छ ।

दैनिकजसो बढी भाडा लिई यात्रु ठगी गर्ने कार्यमा संलग्नहरुलाई निगरानी गरी हालसम्म महाशाखाले २८ जनालाई कारबाहीको दायरामा ल्याएको जनाएको छ ।

महाशाखले निषेधाज्ञा लागु भए पश्चात बढी भाडा लिइ यात्रु ठग्ने विरुद्ध कारबाही अभियान सञ्चालन गरी छुट्टै डेडिकेटेड टिम परिचालन गरेको छ । उक्त टोलीले सुचना सङ्कलन गर्ने, निगरानी गर्ने, यात्रु बनी भाडा बार्गेनिङ्ग गर्ने, गोप्य रुपमा बुझ्ने र यात्रु ठग्नेलाई पक्राउ गर्ने गरेको महाशाखा प्रमुख एसएसपी भट्टराईले बताए ।

विभिन्न मितिमा निषेधाज्ञा पश्चात गोङ्गबु बसपार्क, कलङ्की, कोटेश्वर र गौशाला क्षेत्रबाट यसरी यात्रु ठग्नेलाई ट्राफिक प्रहरीले पक्राउ गरेका छ ।

प्रतिक्रिया दिनुहोस