८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोभिड १९ को ‘रेड जोन’मा वीरेन्द्रनगर

अ+ अ-

कर्णाली । कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण तीव्र गतिमा फैलिएपछि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ‘रेड जोन’ मा छ ।

कर्णालीका अन्य स्थानीय तहमध्ये वीरेन्द्रनगरमा यसको सङ्क्रमण तीव्र छ भने एक महिना नुपग्दै १५ जना नगरवासीको मृत्यु भइसकेको छ ।

नगर स्वास्थ्य शाखाले दुई हजार ८६ जना सक्रिय सङ्क्रमित रहेको जनाएको छ । यो सङ्ख्या कर्णालीका सक्रिय सङ्क्रमित सङ्ख्याको करीब ५० प्रतिशत हो । कर्णालीमा हाल सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार ५०९ रहेको छ ।

नेपालमा कोरोनाको दोस्रो लहर भित्रिएसँगै प्रदेश राजधानी समेत रहेको वीरेन्द्रनगरलाई सङ्क्रमणले गाँजेको हो । सङ्क्रमण फैलिन नदिन कर्णालीमै पहिलोपटक जिल्ला प्रशासन कार्यालय सुर्खेतले गत चैत १४ गते मध्यरातिदेखि निषेधाज्ञा जारी गरेको थियो ।

यो निर्णय अझै पनि जारी रहेको भएपनि तथ्याङ्कले सङ्क्रमण दर उच्च रहेको पुष्टि गरेको छ ।
निषेधाज्ञा खुकुलो हुँदा सङ्क्रमण रोकथाममा जटिलता देखिएको भन्दै स्थानीय प्रशासनले पछिल्लोपटक निषेधाज्ञामा कडाइ गरेको छ । प्रशासनले आगामी जेठ १ गतेदेखि खाद्यान्नका पसलहरु सातामा तीन दिन (आइतबार, मङ्गलबार र विहीबार) तथा फलफूल, तरकारी पसलहरु दैनिक बिहान ६ देखि ९ बजेसम्म मात्र खोल्ने व्यवस्था मिलाएको छ ।

जनघनत्व बढी हुनु, वीरेन्द्रनगर कर्णाली प्रदेशकै ‘होल्डिङ् सेन्टर’ हुनु र तराईसँग सुर्खेतको सीमा नाका जोडिनुजस्ता कारण यहाँ सङ्क्रमण छिटो फैलिन पुगेको बताइएको छ । नगर प्रमुख देवकुमार सुवेदीले बढ्दो कोरोना सङ्कटलाई रोकथाम गर्न स्वास्थ्य पूर्वाधार व्यवस्थापन, उपचार र सङ्क्रमितलाई परामर्श सेवाका लागि विभिन्न प्रयासहरु भइरहेको बताए ।

‘जटिल स्वास्थ्य समस्या देखिएकाको मात्र अस्पतालमा राखेर औषधि उपचार गरिरहेका छौं, सामान्य लक्षण देखिएका बिरामीहरुलाई होम आइसोलेशनमै बस्न पे्ररित गरेका छौँ,’ उनले भने, ‘उनीहरूको स्वास्थ्य परामर्शका लागि चिकित्सक सहितको ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याइएको छ । यहाँका करीब ९० प्रतिशत सङ्क्रमित होम आइसोलेशनमै बस्नु भएको छ ।’

वीरेन्द्रनगरका सङ्क्रमितहरुको प्रदेश अस्पताल, प्रदेश आयुर्वेद औषधालयका साथै कटकुवा र लाटीकोइली स्वास्थ्य चौकीमा बनाइएका आइसोलेशनहरूमा उपचार भइरहेको छ । कटकुवा स्वास्थ्य चौकीलाई नगरपालिकाले ५० शय्याको कोभिड विशेष अस्पतालकै रुपमा सेवा विस्तार गरिसकेको छ । अहिले कटकुवा २५ शय्या र लाटीकोइलीमा पाँच शय्यामात्र सञ्चालनमा छ ।

सङ्क्रमित बोक्न अक्सिजनसहितका तीन वटा एम्बुलेन्स चौबिसै घण्टा तयारी अवस्थामा राखिएको नगर प्रमुख सुवेदीले जानकारी दिए । नगरपालिकाले वडामा कार्यरत स्वास्थ्य संस्थाका प्रमुखलाई सम्बन्धित वडामा रहेका सङ्क्रमितलाई परामर्श तथा अन्य समस्या समाधानका लागि सहयोग गर्न जिम्मेवारी तोकेको छ । कोभिड १९ बाट सिर्जित समस्या सुन्न र समाधानका लागि ‘हेल्प डेस्क’ समेत सुरु गरेको नगरपालिकाले जनाएको छ । त्यस्तै, परीक्षणको दायरा बढाउन सातामा तीन दिन पीसीआरका लागि स्वाब सङ्कलन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस