७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निषेधाज्ञामा महिला तथा बालबालिकाको उद्धार गर्न समिति गठन

अ+ अ-

काठमाडौँ । राष्ट्रिय महिला आयोगले कोरोना भाइरस नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाको समयमा लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचार गर्न उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरेको छ ।

आयोगले कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमण नियन्त्रणका सन्दर्भमा जारी निषेधाज्ञाको अवधिमा लैङ्गिक हिंसाका घटनाको सघन अनुगमन गर्न, लैङ्गिक हिंसामा परेका महिला तथा बालबालिकाको तत्काल उद्धार, राहत, औषधोपचारलगायतका विषयमा विभिन्न निकायसँग आवश्यक समन्वय गर्न आयोगका अध्यक्षको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय लैङ्गिक हिंसा रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय अनुगमन तथा समन्वय समिति गठन गरिएको हो ।

कोभिड–१९ को दोस्रो चरणको सङ्क्रमणका कारण जारी निषेधाज्ञा तथा अन्य समयमा समेत महिला, बालिका, वृद्ध, अपागङ्ता भएका व्यक्ति तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यकरुलाई राहत, उद्धार तथा अन्य प्रक्रियामा प्राथमिकता दिनका लागि आयोगले विभिन्न निकायलाई पत्राचार गरेको अध्यक्ष कमलाकुमारी पराजुलीले जानकारी दिइन् ।

स्थानीय तहमा सञ्चालित क्वारेन्टिन तथा आइसोलेशन सेन्टरलाई महिलामैत्री हुने गरी व्यवस्थापन गर्नका लागि गृह मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सम्बन्धित निकायमा समेत पत्राचार गरिएको आयोगले जनाएको छ ।

यही वैशाख १६ गतेदेखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञाको अवधिमा हुनसक्ने लैङ्गिक हिंसालाई रोकथाम एवं नियन्त्रण गर्नका लागि अपनाउनुपर्ने पूर्वतयारी तथा अन्य समसामयिक विषयमा सरोकारवाला निकायबीच छलफल कार्यक्रम सम्पन्न गरी प्राप्त सुझावअनुसार आयोगबाट पहल हुनुपर्ने विषयमा सम्बन्धित निकायमा पत्राचार गरिएको अध्यक्ष पराजुलीको भनाइ छ ।

दोस्रो चरणको निषेधाज्ञा लागू भएदेखि यही वैशाख १६ देखि २९ गतेसम्म आयोगमा २२ घरेलु हिंसा र १० महिला हिंसासम्बन्धी उजूरी दर्ता भएका छन् । त्यसैगरी यही अवधिमा हेल्पलाइन ११४५ मा ८२ फोन प्राप्त भएका छन् भने १४५ घटनामा फलोअप कल प्राप्त भएको छ । रासस

प्रतिक्रिया दिनुहोस