९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चीनबाट प्राप्त १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

अ+ अ-

काठमाडौँ । चीनबाट नेपाललाई अनुदानमा प्राप्त १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आइपुगेको छ । अक्सिजन सिलिण्डर बोकेका चिनियाँ गाडी तिब्बतर्फको नाकामा आइपुगेको सरकारका उच्च स्रोतले जनाएको छ ।

सीसीएमसीका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले अक्सिजन सिलिण्डर अभाव हुन नदिन हवाइ र स्थल दुवै मार्ग प्रयोग गरिएको बताएका छन् । उपप्रधानमन्त्रीको प्रेस सल्लाहकार गणेश पाण्डेका अनुसार १८ हजार थान सिलिण्डर प्रक्रिया पूरा गरेर काठमाडौँ ल्याउने तयारी छ ।

तिब्बतको कुति (न्यालम) भन्सारबाट अघि बढेका अक्सिजन सिलिण्डर नेपाललाई चिनियाँ पक्षले हस्तान्तरण गर्नासाथ काठमाडौँ पठाइने भन्सार कार्यालयले जनाएको छ । सामान हस्तान्तरणको सामान्य कार्यक्रमपछि स्वास्थ्य मन्त्रालयको जिम्मा लगाइने भएको छ ।

बांकी अक्सिजन सिलिण्डर, अक्सिजन कन्सर्नटेटर र भेन्टिलेटर लगायतका स्वास्थ्य सामाग्री लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार साँझै बेइजिङ उडिसकेको छ ।

यसअघि नेपाल एयर लाइन्सको सोही जहज मार्फत ४ सय अक्सिजन लगायत स्वस्थ्य सामग्री काठमाडौँ ल्याइसकेको छ । कोरोना महामारीविरुद्ध लड्न सहयोग पुगोस् भनेर चीनले २० हजार थान अक्सिजन सिलिण्डर, भेन्टिलेटर लगायतका स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई अनुदानमा दिने घोषणा गरेको छ ।

उक्त स्वस्थ्य सामाग्री नेपाल सरकारले हवाइ मार्ग र स्थलमार्गद्वारा नेपाल ल्याउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस