७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषिमा यान्त्रिकीकरण हुनु आवश्यक छ : मन्त्री अर्याल

अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि क्षेत्रको विकासका निम्ति यान्त्रिकीकरण प्रयोग आवश्यक रहेको बताएकी छन् । एसोसिएसन अफ नेपाली एग्रिकल्चरल जर्नलिस्टस् (अनाज)ले सोमवार आयोजना गरेको ‘कृषि यान्त्रिकरणः आवश्यकता, अवसर र चुनौती’ विषयक भर्चुअल संवाद कार्यक्रममा बोल्दै मन्त्री अर्यालले कृषिमा यान्त्रिकीकरणलाई आवश्यक वस्तुको रूपमा राख्नुपर्ने बताइन् ।

कृषि प्रसारणमा २० प्रतिशत र यान्त्रिकीकरणमा २०–२५ प्रतिशत किसानको पहुँच रहेको बताउँदै मन्त्री अर्यालले कृषि प्रधान देशमा यो प्रतिशत निकै कम रहेको बताइन् । उनले परम्परागत खेतीलाई आधुनिकीकरण र कृषि आधुनिकीकरणमा विशेष जोड दिनुपर्ने बताइन् । कृषि यान्त्रिकीकरणका लागि सरकारले नीति बनाई सकेको र त्योअनुसार काम अगाडी बढिसकेको त्यो अनुसार काम भइरहेको उनको भनाइ छ ।

कृषि मन्त्रालयले माटोको गुणस्तर मापनका लागि विद्युतीय नक्सा सार्वजनिक गरेको बताउँदै उनले कृषि क्षेत्रमा यो एउटा क्रान्ति नै भएको बताइन् । उनले भनिन्, ‘कुन माटोमा के तत्त्व छ, किसानले आफै जानकारी लिएर खेतीपाती गर्दा उत्पादनमा पक्कै पनि वृद्धि हुनेछ । यो कुरालाई अगामी बजेट तथा नीति तथा कार्यक्रममा पनि समेटेर हामी अगाडी बढ्ने सोच बनाएका छौ ।’

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा प्राविधिकको व्यवस्था गरिएको भन्दै उनले त्यसमा अझै थप गर्दै कृषि ज्ञान केन्द्रसम्म प्राविधकहरु राख्ने तयारी मन्त्रालयले गरिरहेको मन्त्री अर्यालले बताइन् । ‘कृषिमा यान्त्रिकीकरण गरेर नै हरेक वस्तुमा आत्मनिर्भर हुने लक्ष्य रहेको छ, कृषिमा आधुनिकीकरण र यान्त्रिकीकरण नगरेसम्म आत्मनिर्भर हुन सकिदैनन । यो कुरालाई हामी सबैले मनन गर्न आवश्यक छ’, उनले भनिन् । ‘एक पालिका एक नर्सरी’ नारा लिएर उत्पादनमा वृद्धि गर्ने नीति रहेको बताउँदै उहाँले उच्च स्तरका सिकाइका लागि इजराइली प्रविधि नेपाल ल्याउने सम्झौता समेत भइसकेको जानकारी दिइन् ।

यान्त्रिकीकरणको क्षेत्रमा अनुसन्धान गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले गरिरहेको बताउँदै उहाँले सानादेखि ठुला खालका अनुसन्धान नार्कबाट भइरहेको बताइन् । कृषिमा यान्त्रिकीकरणका लागि निजी क्षेत्रको पनि ठुलो भूमिका रहेको बताउँदै मन्त्री अर्यालले निजी क्षेत्रले प्रशंसनीय कार्य गरेको र कृषि मन्त्रालयले हातेमालो गरेर काम गर्न चाहेको प्रतिबद्धता जनाइन् ।

वैदेशिक रोजगारीको सिलसिलामा युवाहरू विदेशिने अवस्था रहेका कारण गाउँमा महिलाहरूले मात्र कृषि पेसा अगाडी बढाउँदै आएको भन्दै उहाँले त्यसका निम्ति अब महिलामैत्री कृषि औजारको अनुसन्धान गर्न आवश्यक रहेको जानकारी दिइन् । उनले भनिन्, ‘अहिले गाउँमा पुरुषभन्दा बढी महिलाहरू कृषिमा आबद्ध छन्, उनीहरूलाई उपयुक्त हुने औजारको व्यवस्था गर्न आवश्यक छ । त्यसका निम्ति महिलामैत्री कृषि औजारहरूको अनुसन्धान गरौँ ।’

त्यस क्रममा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले उत्पादनमा वृद्धि र लागत घटाउनका लागि कृषिमा यान्त्रिकीकरण गर्नुपर्ने बताए । उत्पादनमा वृद्धि गराउनका लागि यान्त्रिकीकरणमा जोड दिनुपर्ने बताउँदै उनले उत्पादनसँगै त्यसको बजार व्यवस्थापन पनि जोड दिनुपर्ने बताए । यसै गरी नार्कका श्रीमत श्रेष्ठले नेपालमा कृषि प्रविधि र उपकरणको लामो इतिहास नरहेको बताउँदै कृषिबाट युवाहरू पलायन हुन थालेपछि प्रविधि र उपकरणमा ध्यान दिन थालेको बताए ।

नेप्लिज सोसाइटी अफ एग्रीकल्चलरका इन्जिनियर देवराज निरौलाले कृषिसँग इन्जिनियरिङ जोडिएन भने त्यसको दिगो विकास गर्न नसकिने बताउँदै सरकारले कृषिमा किसान तथा उद्योगीहरुलाई विभिन्न औजार तथा यन्त्रहरू अनुदान तथा सहुलियतमा दिने गरेको भए पनि त्यो कहाँ कसरी प्रयोग भइरहेको छ भन्ने कुराको लेखाजोखा हुनुपर्ने बताए । अनाजका अध्यक्ष किरण आचार्यको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस