९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टोखालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग

अ+ अ-

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरिएको छ । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा दैनिकरूपमा नयाँ भेरिएन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण तीव्रगतिमा बढिरहेको समयमा एनआइसी एशिया बैंकले तीन थान अक्सिजन कन्सन्ट्रेटर मेसिन सहयोग गरेको हो ।

सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा न्यौपानेले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत कोरोना महामारी नियन्त्रणका लागि टोखा नगरपालिकालाई सहयोग गरेको जानकारी दिए ।

नगरपालिकाका प्रमुख अधिकारीले नगरपालिकालाई प्राप्त भएको उक्त मेसिन सोमबारै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए । उक्त मेसिन सहयोगसँगै टोखामा अक्सिजन उत्पादनका लागि थोरै भए पनि सहयोग पुग्ने भएको छ । कोभिड–१९ महामारीलाई ध्यानमा राखेर नगरपालिकाले स्वास्थ्य सामग्री सङ्कलन र अक्सिजन प्लान्ट राख्ने कामलाई प्राथमिकता दिइरहेको छ ।

उक्त स्वास्थ्य केन्द्रका लागि केही दिन पहिले सेभ द चिल्डेन संस्थाले रु छ लाख ५० हजार मूल्य बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको थियो । उक्त सामग्री उपप्रमुख ज्ञानमाया डङ्गोलमार्फत अस्पताललाई सहयोग गरेको हो । टोखामा हाल पाँच हजार ६९५ कोरोना सङ्क्रमित देखिएका छन् । तीमध्ये ९०५ सक्रिय सङ्क्रमित रहेको सो नगरपालिकाले जनाएको छ । टोखाले हालसम्म छ हजार ७४५ पिसिआर परीक्षण र एक हजार १९७ एन्टिजेन परीक्षण गरिसकेको छ । टोखामा हालसम्म कोरोनाका कारण १२ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस