७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राकृतिक चिकित्सालयलाई अक्सिजन सिलिण्डर प्रदान

अ+ अ-

नवलपुर । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) दक्षिण अफ्रिकाले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई अक्सिजनसहितको सिलिण्डर प्रदान गरेको छ । कोभिडका बिरामीको उपचारमा सहयोग पुर्याउने उद्देश्यले १० थान अक्सिजन सिलिण्डर प्रदान गरिएको हो ।

गैरआवासीय नेपाल सङ्घ दक्षिण अफ्रिकाका अध्यक्ष देवी पौडेलको पहलमा त्यहाँ कार्यरत नेपालीले सङ्कलन गरेको रु दुई लाख पाँच हजार लागतमा उक्त सामग्री अस्पताललाई प्रदान गरिएको हो । अक्सिजन अभावका कारण कोभिड सङ्क्रमितहरुको अकालमै मृत्यु भएको खबरले पिरोलिएपछि केही भए पनि जीवनरक्षाका लागि टेवा पुगोस् भन्ने हेतुले सहयोग गरेको अध्यक्ष पौडेलले बताए ।

एनआरएनए दक्षिण अफ्रिकाले मातृभूमिमा अक्सिजन सहयोग अभियान थालनी गरी कैलाली, नेपालगञ्ज, पाल्पा, गुल्मी, स्याङ्जा, चितवन, बारा, पर्सा, नवलपरासी (पूर्व) र नवलपरासी (पश्चिम)गरी १० जिल्लालाई ४५० थान अक्सिजन सिलिण्डर प्रदान गरेको पौडेलले बताए ।

यस अभियानमा एनआरएनए दक्षिण अफ्रिकाका संयोजक रोशन थापाको अगुवाइमा अध्यक्ष पौडेलसहित नाइजेरियाका हिक्मत थापा, कङ्गोका अध्यक्ष अमृत क्षेत्री, एनसीसीका बन्दना प्रजापति, वासुदेव घिमिरे, राजकुमार पाल्पाली बस्याल, प्रभा बस्याललगायत क्रियाशील रहेका छन् ।

अक्सिजन सिलिण्डर ग्रहणपश्चात सामुदायिक प्राकृतिक चिकित्सालयका अध्यक्ष सन्तबहादुर क्षेत्रीले आफ्नै रोजगारी अनिश्चित भएको विश्वकै जटिल परिस्थितिमा पनि आफ्नो मातृभूमिलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।

प्रतिक्रिया दिनुहोस