१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एचडियु र अक्सिजनसहितको आइसोलेसन सञ्चालन

अ+ अ-

म्याग्दी । म्याग्दीको बेनी अस्पतालले कोरोना सङ्क्रमितको उपचारका लागि हाई डिफिसेन्सी युनिट (एचडियु) र अक्सिजनसहितको २० शय्या क्षमताको छुट्टै आइसोलेसन कक्ष शुरु गरेको छ । एचडियुलाई मिनी आइसीयु पनि भनिन्छ । बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारको रु पाँच/पाँच लाख सहयोगमा अस्पतालको निर्माणाधीन भवनको पाँच कोठामा आइसोलेसन सञ्चालन गरिएको हो । तीन कोठा बिरामी राख्न र दुई कोठा स्वास्थ्यकर्मी तथा चिकित्सकका लागि तयार पारिएको छ ।

निर्माणाधीन भवनका कोठा रङरोगन, पार्टिसन, शौचालय निर्माण, पानी र विद्युत् जडान गरेर आइसोलेसन शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।‘दुई वटा एचडियु शय्या भएको आइसोलेसनका सबै शय्यामा सिलिण्डरका साथै प्रशोधन केन्द्रबाट सिधै पाइपमार्फत अक्सिजन आपूर्ति हुन्छ’, उनले भने, ‘एक–दुई दिनमा कोरोना सङ्क्रमित महिलाको शल्यक्रियामार्फत प्रसुति सेवा शुरु हुन्छ ।’

प्रदेश सरकारले पठाएको रु ३० लाख बजेटबाट आइसोलेसनको क्षमता बढाउने तयारी भएको अध्यक्ष कटुवालले बताए । दश वटा विद्युतीय शय्या जडान गरिएको छ । गत वर्ष शैक्षिक तालिम केन्द्रमा स्थापना गरिएको आइसोलेसनका सामग्री पनि प्रयोग भएको छ ।

कोरोना सङ्क्रमितको मात्रै उपचार गर्न छुट्टै आइसोलशन कक्ष सञ्चालन भएपछि अस्पतालका अन्य नियमित सेवालाई निरन्तरता दिन सहज हुनेछ । यसअघि आकस्मिक र अन्तरङ्ग कक्षका साथै बरण्डामा शय्या राखेर कोरोना सङ्क्रमितको उपचार गरिएको थियो । अस्पताल परिसरमा अक्सिजन प्रशोधन केन्द्र सञ्चालन भएको छ । समुदायस्तरबाट अक्सिजन र कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने उपकरण प्राप्त भइरहेको छ ।

आइसोलेसनमा बुधबार १९ जना उपचाररत छन् । चिकित्सक र स्वास्थ्यकर्मीहरुको सहज पहुँच र निगरानी हुने भएकाले अस्पतालकै भवनमा आइसोलेसन बनाउन चिकित्सकहरुले सुझाव दिएका थिए । अस्पतालका चिकित्सक नवराज बस्ताकोटीले अस्पताल परिसरमै भएको आइसोलेसनमा जनशक्ति व्यवस्थापन र उपचारमा सहज हुने बताए ।

जिल्लामै सङ्क्रमितको उपचार हुन थालेपछि विपन्न समुदायका नागरिकलाई राहत मिलेको छ । अस्पतालले वैशाख तेस्रो सातादेखि फिवर क्लिनिक सञ्चालन गरेको छ । छुट्टै ब्लकको भवनमा सञ्चालित बहिरङ्ग, शल्यक्रिया लगायतका सेवालाई प्रभावित हुन दिइएको छैन ।

सदरमुकाम बाहिरका अन्नपूर्ण, रघुगङ्गा, मङ्गला, मालिका र धवलागिरि गाउँपालिकाले आफ्नो क्षेत्रभित्र करिब १०० शय्या क्षमताको आइसोलेसन सञ्चालन गरेर कोरोना सङ्क्रमितको गाउँमै उपचार गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस