९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

थप ३० अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुने

अ+ अ-

काठमाडौँ । सरकारले देशभरका थप ३० अस्पतालसँग कोभिड–१९को निःशुल्क उपचारका लागि सम्झौता गरेको छ । कोभिड १९ केयर युनिट सञ्चालन गर्न प्रदेश १ को एक, प्रदेश २ मा दुई वटा, बागमती प्रदेशमा १७ वटा, गण्डकी प्रदेशमा दुई वटा, लुम्बिनी प्रदेशमा दुई वटा र सुदूरपश्चिम प्रदेशमा ६ वटा अस्पतालसँग सम्झौता गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ को नोबेल मेडिकल कलेज शिक्षण अस्पताल, प्रदेश २ का वीरगञ्जस्थित नेशनल मेडिकल कलेज र जनकपुरको जानकी मेडिकल कलेज, वाग्मती प्रदेशका सिभिल अस्पताल, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स, नेपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, पिपुल्स डेन्टल कलेज तथा डेन्टल अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, काठमाडौँ नेशनल मेडिकल कलेज र महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, समिट अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल, नेपाल भारत मैत्री अस्पताल, बज्रबाहिनी चापागाउँ अस्पताल, आनन्दवन अस्पताल, काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिसिन साइन्स र मेडिकेयर अस्पतालमा कोभिड–१९ केयर युनिटका लागि सम्झौता भएको छ ।

यसैगरी गण्डकी प्रदेशका गण्डकी मेडिकल कलेज र मनिपाल कलेज अफ मेडिकल साइन्स तथा लुम्बिनी प्रदेशका युनिभर्सल कलेज अफ मेडिकल साइन्स र रेसुङ्गा अस्पतालसँग सम्झौता भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिमका लागि निसर्ग अस्पताल तथा अनुसन्धान केन्द्र, मायामेट्रो अस्पताल, श्री पद्मा अस्पताल, कैलाली अस्पताल, नवजीवन अस्पताल र सुदूरपश्चिम सामुदायिक अस्पतालमा कोभिड-१९ केयर युनिट सञ्चालन गर्ने सम्झौता भएको छ ।

अन्य अस्पतालहरुसँग पनि कोरोनाका बिरामीलाई उपचार गर्नका लागि कोभिड–१९ केयर युनिट सञ्चालनका लागि सम्झौता गर्ने प्रक्रिया चलिरहेको मन्त्रालयले जानकारी दिएको छ । यसअघि सरकारले देशभरका सबै सरकारी अस्पतालमा कोरोना सङ्क्रमितको निःशुल्क गर्दै आएको छ । एकसय २० भन्दा बढी अस्पतालमा कोभिडको निःशुल्क उपचार हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस