९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपहरणपश्चात हत्या गरी फरार रहेका तीन पक्राउ

पक्राउ
अ+ अ-

लहान । अपहरणपश्चात हत्या गरी फरार रहेका तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ ।

सिरहाको बरियारपट्टी गाउँपालिका–४ सोहपुर निवासी अनिषकुमार सिंहको अपहरणपश्चात हत्या गरी फरार रहेको आरोपमा बरियारपट्टी–४ तेनुवापट्टी निवासी ३९ वर्षीय जयराम साह, ३२ वर्षीय हरेराम साह र ४७ वर्षीय शैलेन्द्र साहलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले फरार रहेका तीनै जनालाई लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिनुभयो । विसं २०७५ वैशाख २९ गते अनिषकुमार सिंहलाई घरबाट अपहरण गरी घाइते बनाइएका उहाँको उपचारका क्रममा २०७६ जेठ १ गते मृत्यु भएको थियो ।

कटुवा पेस्तोल बरामद

सिरहा नगरपालिका १७ वटेर्वाबाट प्रहरीले एक थान कटुवा पेस्तोल बरामद गरेको छ । स्थानीय २७ वर्षीय धिरु यादवले गउँमा मादक पदार्थ सेवन गरी होहल्ला गरेको सूचनाका आधारमा पुगेका प्रहरीलाई देखेर भाग्ने क्रममा यादवको साथबाट खसेको खाली कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ ।

यादव भने फरार भएका छन् । प्रहरीले सशङ्कित व्यक्तिको खोजतलास जारी रहेको जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस