८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उसको नाम !

अ+ अ-

वर्ष दिन पहिले
फुर्सदिलो शनिवार
आफ्नै चिया अड्डामा
चिया पिउँदै गर्दा
मुहार पुस्तिकाको बाटो हुँदै
एक नौलो मान्छेको
ईन्ट्री भो
जसले मेरो नामै राखिदियो
तर खै किन किन
मैले उसको नाम राख्नै सकिन ।।

भन्छन् सबै मान्छेहरूको नाम त
पण्डितजीसँग हुन्छ अरे !
त्यसैले होला
पण्डितजीले आफ्ना छोराछोरीहरूको नाम
राम, श्याम, हरि, गोपाल
अनि यस्तै यस्तै राख्ने,
तिनै पण्डितजीले
अर्काका छोराछोरीका नाम
ढक, तराजु, हुक्के, बैठके, इत्यादि
खै कसरी राख्न सकेका होलान्
सोच्नै सकिन
जसले मेरो नामै राखिदियो
तर खै किन किन
मैले उसको नाम राख्नै सकिन ।।

सुनेको छु आइते, मङ्गले, नक्कली, सुन्दरी,
अनि यस्तै यस्तै,
नामकरण गरेका शुभनामहरु
तर मेरो नाम ऊसँग खै कसरी आयो
थाहै पाइन
जसले मेरो नामै राखिदियो
तर खै किन किन
मैले उसको नाम राख्नै सकिन ।।

उसले मेरो नाम
कति बुझेर राख्या हो
कति नबुझेर
कति जानेर हो
कति नजानेर सोध्नै सकिन
जसले मेरो नामै राखिदियो
तर खै किन किन
मैले उसको नाम राख्नै सकिन !
अहँ खै किन किन
मैले उसको नाम राख्नै सकिन ।।

प्रतिक्रिया दिनुहोस