काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशलाई दुर्घटना तर्फ धकेल्ने प्रयास गर्नेलाई जनताले कहिल्यै क्षमा नगर्ने बताएका छन् ।
उनले शनिवार ट्विटरमार्फत सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटना तर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा नगर्ने बताएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्,‘यस वैश्विक महामारीको संकटका बेला जन दायित्वबाट पन्छिनका लागि असामयीक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन् ।’