८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वाग्मतीमा सफाइसँगै ३३ जनाले गरे रक्तदान

अ+ अ-

काठमाडौँ । वाग्मती सफाइ महाअभियानले आठ वर्ष पूरा गरी नवौँ वर्ष प्रवेश गरेको अवसरमा तीन सातादेखि जारी निषेधाज्ञाका कारण अप्ठ्यारोमा परेका बिरामीका लागि रक्तदान कार्यक्रम गरिरहेको छ ।

कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक चक्रबहादुर चन्दले राससलाई जानकारी दिए । शङ्खमूलमा रक्तदान गर्नुअघि ४१९औँ हप्ताको वाग्मती सफाइ पनि गरिएको थियो ।

सफाइमा १० अभियानकर्मीको सहभागिता रहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा. माला खरेलले जानकारी दिए । महाअभियान नवौँ वर्ष प्रवेश गरेका अवसरमा आज बेलुकी जुम प्रविधिबाट कोरोनाबाट बच्न के गर्ने ? के नगर्ने ? भन्ने विषयमा चिकित्सकसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको जनाइएको छ ।

यसैगरी मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको आयोजनामा काठमाडौँ महानगरपालिका–३२ नरे फाँटस्थित लाली गुराँस स्कुल छेउको नदी किनारमा २१८औँ हप्ताको सफाइ अभियान सम्पन्न गरिएको छ । सफाइ भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरी सम्पन्न गरिएको हो । सफाइबाट दुई गाडी फोहोर उठाइएको कार्यक्रम संयोजक चन्द्र दङ्गालले जानकारी दिए ।

भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमती, ललितपुरको गोदावरीखोलालगायत स्थानमा पनि सफाइ गरिएको जनाइएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको सफाइ महाअभियान आजदेखि नवौँ वर्ष प्रवेश गरको छ ।

महाअभियान शुरु भएदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ सफाइ जारी छ । जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारी जस्ता प्रतिकूल अवस्थामा पनि महाअभियानलाई निरन्तरता दिइएको छ । महाअभियान शुरु भएपछि काठमाडौँ उपत्यकामा वाग्मतीका सहायक नदी सफाइ अभियान शुरु गरिएको हो ।

यसैगरी उपत्यकाबाहिर मुख्य नदी, प्रमुख शहर र सांस्कृतिक सम्पदास्थलमा सफाइ भइरहेको छ । हाल देशभर १०७ भन्दा बढी स्थानमा सफाइ जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस