९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अपिहिमालमा यार्सागुम्बा सङ्कलक बेपत्ता

अ+ अ-

दार्चुला । अपिहिमाल गाउँपालिकामा एक यार्सागुम्बा सङ्कलक वेपत्ता भएका छन् । अपिहिमाल–४ नौपाटा घर भएका मोहनसिंह ठेकरे वेपत्ता भएका हुन् । यही जेठ ५ गते अपिहिमाल–३ क्षतिको नाउरखाल वनमा यार्सागुम्बा सङ्कलन गर्न गएका ठेकरे हिउँ पहिरोमा परी वेपत्ता भएका हुन् ।

हिउँ पहिरोमा परी वेपत्ता भएका ठेकरेको छाता मात्र भेटिएको छ । ‘आफन्तले खोजी गर्दा पनि अहिलेसम्म केही भेटिएको छैन’, अपिहिमाल–४ का वडाध्यक्ष रवीन्द्रसिंह बोहराले भने, ‘गाउँले गएर खोजी गरे पनि अझै भेटिएको छैन ।’

घटनाबारे बुझ्न प्रहरी टोली खटाइएको प्रहरी चौकी खण्डेश्वरीका सहायक निरीक्षक तेजराम महरले जानकारी दिए । घटनाको विस्तृत विवरण आएको छैन । अहिले दार्चुलामा अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा सङ्कलनका लागि सङ्कलन अनुमति नदिँदै सङ्कलकहरु यार्सा पाइने लेकमा भरिएका छन् ।

कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण बढेका कारण यस वर्ष तत्काल यार्सागुम्बा सङ्कलन अनुमति नदिन आग्रह गरेको थियो । सोहीअनुसार अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले सङ्कलन अनुमति रोकेको थियो तर अहिले दार्चुलाको व्यास तथा अपिहिमाल गाउँपालिकाका यार्सागुम्बा पाइने पाटनहरुमा सङ्कलकहरु गएका छन् ।

प्रतिक्रिया दिनुहोस