९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजको मौसम : न्यून–चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत, सजग रहन आग्रह

अ+ अ-

काठमाडौँ । बङ्गालको खाडीमा रहेको न्यून–चापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भइसकेकोले केही दिनमा यसको असर नेपालमा पर्ने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधवार सम्ममा अति धेरै शक्तिशाली चक्रवातमा परिणत हुने देखिएकोले यसको असर केही दिनमा नेपालको भू–भागमा समेत पर्ने सम्भावना रहेको हुँदा सजग रहन सबैमा आग्रह गरिएको छ ।

आज अपराह्नपछि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली भई वाग्मती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात÷वर्षाको सम्भावना रहेको छ ।

उच्च हिमाली भू–भागमा हावाहुरीसमेत हुनसक्ने सम्भावना रहेकाले मङ्गलवारदेखि केही दिनसम्मका लागि पर्वतारोहीहरूलाई मौसम अनुसार सतर्कता अपनाई सुरक्षित रहन विभागले आग्रह गरेको छ ।

देशका धेरै स्थानमा बुधवारबाट केही दिन हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । बिहीबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमानसमेत भारी वर्षाको सम्भावना रहेको छ । उच्च हिमाली भू–भागहरू हिमपात र वर्षाको सम्भावना रहेकोले पर्वतारोहीहरूलाई सतर्क रहन विभागले आग्रह गरेको छ ।

मेघगर्जन÷चट्याङ÷हावाहुरी र असिना–पानीकोसमेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । चक्रवातको असर तुलनात्मकरुपमा पूर्वी नेपालमा बढी पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस