१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ शैक्षिकसत्र सञ्चालनमा हतार नगर्न आग्रह

अ+ अ-

काठमाडौँ । शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन् ।

राष्ट्रिय युवा परिषद्, शिक्षा अधिकार अनुगमन समूह र बाल अधिकार राष्ट्रिय सञ्जाल (एनएसीर्जी) नेपालसँगको समन्वयमा आज भर्चुअलरुपमा आयोजित छलफल राष्ट्रिय परामर्श कार्यक्रममा जनताको सीप र क्षमताका आधारित वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरताका लागि शिक्षकले भूमिका निर्वाह गर्नुपर्ने र तिनै तहका सरकारले नीतिगत संयोजन गर्नुपर्ने बताइएको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. हरिप्रसाद लम्सालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षाको मापदण्डलाई बढी प्राथमिकता दिँदै वैकल्पिक माध्यमबाट सिकाइ दिनुपर्ने तर अहिले नै नयाँ शैक्षिकसत्र शुरु गर्न हतार गर्न नहुने बताए ।

शिक्षाविद् डा।विद्यानाथ कोइरालाले पढाउने भन्दा सिकाउने कुरामा जोड दिन र आधूनिकसँग परम्परागत प्रविधिलाई पनि उपयोग गर्न सुझाव दिए । अर्का शिक्षाविद् डा. सुमनकोमल तुलाधरले महामारीले शिक्षाको परम्परागत प्रणालीमाथि नै पुनः विचार गर्न बाध्य तुल्याइदिएकाले त्यसअनुसार चल्नुपर्ने बताए ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले नयाँ शैक्षिक सत्रलाई आगामी असारबाट नभई भदौबाट शुरु गर्न सुझाव दिए । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष अध्यक्ष नरेन्द्र डङ्गोल बालबालिकाको जीवन रक्षाका साथै पढ्न पाउने अधिकारको सम्मान हुनुपर्नेमा जोड दिए ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन)का महासचिव कुमार घिमिरेले विद्यार्थीको मूल्याङ्कन प्रणालीमा परिवर्तन गर्न आग्रह गरे । अनुगमन समितिका संयोजक शन्तराम डङ्गोलले प्राप्त सुझावलाई समेटेर शिक्षा मन्त्रालयलाई प्रतिवेदन दिइने जनाए ।

प्रतिक्रिया दिनुहोस