१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लाङटाङमा स्वास्थ्यकर्मी परिचालन

अ+ अ-

रसुवा । पर्यटकीय क्षेत्र लाङटाङका स्थानीय बासिन्दा एकपछि अर्को बिरामी हुन थालेपछि स्वास्थ्यकर्मी परिचालन गरिएको छ ।

समुद्र सतहबाट करिब तीन हजार ५०० मिटर उचाइ लाङटाङ क्षेत्रका बासिन्दालाई रूघाखोकी, ज्वरो आउने शरीर तथा टाउको दुख्ने समस्या भएको भन्ने जानकारी प्राप्त भएकाले आवश्यक औषधिसहित स्वास्थ्यकर्मी पठाएको गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले जानकारी दिए ।

सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ । कोभिड हो वा मौसमी फ्लु हो भन्नेबारे यकिन गर्न एन्टिजेन प्रविधिका सामग्रीसमेत स्वास्थ्यकर्मीको साथ पठाइएको अध्यक्ष तामाङले बताए ।

करिब ५०० जनसङ्ख्या भएको लाङटाङ क्षेत्रमा १५/२० दिन अगाडिदेखि धेरैजसो यस्ता खाले स्वास्थ्य समस्या आएको बताउँदै स्थानीय छिमी रेन्जेन तामाङले भौगोलिक विकट स्थानमा भगवान्को भरोसा भन्दै बसिरहेको अवस्थामा स्थानीय सरकारमार्फत उपचारका लागि औषधिसहित स्वास्थ्यकर्मी पठाइएको खबरले गाउँवासीमा उत्साह भएको बताए ।

गोसाइँकुण्ड गाउँपालिका–४ मा अवस्थित लाङटाङ क्षेत्रमा बासिन्दालाई दैनिक उपभोग्य सामान भने खच्चरमार्फत स्याफ्रुबेँसीबाट ढुवानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस