७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ लाख डोज खोप ल्याउन वायुसेवा निगमको विमान भोलि राती ११ बजे बेइजिङ जाँदै

अ+ अ-

काठमाडौँ । ८ लाख डोज खोप नेपाल ल्याउनको लागि नेपाल वायुसेवा निगमका चार्टर्ड विमान ३१ मे राती ११ बजे बेइजिङ जाने भएको छ ।

चिनियाँ सरकारले नेपाललाई प्रदान गर्ने १० लाख कोरोना खोपको डोजमध्ये ८ लाख डोज खोप नेपाल ल्याउनको लागि नेपाल वायुसेवा निगमका चार्टर्ड विमान ३१ मे राती ११ बजे बेइजिङका लागि प्रस्थान गरी बेइजिङबाट भ्याक्सिन लिई जुन १ को १० बजे नेपालको लागि प्रस्थान गर्ने तालिका रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता किरण राज शर्माले जनाएका छन् । २६ मे मा नेपाल र चीनका राष्ट्रपतिहरू बिच खोपबारे टेलिफोन संवाद भएको थियो ।

प्रवक्ता शर्माका अनुसार चीन सरकारले अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गराएको तीन हजार पाँच सय सिलिन्डर मध्ये एक हजार पाँच सय थान अक्सिजन सिलिन्डर ३१ मे(भोलि) केरुङ नाकामा नेपाललाई हस्तान्तरण हुने भएको छ।

कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूले प्रदान गर्ने सहयोग जारी छ । प्रधानमन्त्री तथा मन्पित्ररिषद्को कार्यालयका प्रवक्ता शर्माका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई उपलब्ध गराएको दोस्रो लटको स्वास्थ्य सामग्रीहरू आठ सय थान अक्सिजन सिलण्डर, दुई थान आइसियु बेड, ५ थान भेन्टिलेटर,१० थान कन्सन्ट्रेटर, १५ हजार थान एन्टिजेन किट ३० मे मा तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरेको छ।

त्यसैगरी चीन सरकारले ५ मिलियन आर.एम.बी. अतिरिक्त अनुदान सहायता अन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाईजर, १० थान डिआर मेसिन, २०थान पोर्टेवल अल्ट्रासाउन्ड र ३० थान एनेस्थेसिया मेसिन आदि स्वास्थ्य सामग्रीहरू आज मे ३० मा तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको प्रवक्ता शर्माले जनाएका छन् ।

अस्ट्रेलिया सरकारले उपलब्ध गराउने मानवीय सहायता सामग्री बोकी अस्ट्रेलियन डिफेन्स फोर्सको जहाज यही ४ जुन २०२१ मा नेपाल आउने तथा उक्त सहायता सामग्री नेपाली सेनालाई हस्तान्तरण गराइने जानकारी काठमाण्डौंस्थित अस्ट्रेलियन राजदूतावासमार्फत प्राप्त भएको छ। थाईलैण्ड सरकारको तर्फबाट ९ वटा, थाइ मोनास्ट्रि लुम्बिनी का तर्फबाट ३३ वटा र भेरापुन्चोक फाउन्डेसन का तर्फबाट ४ वटा गरी जम्मा ४६ वटा अक्सिजन कन्सन्ट्रेटरहरु गत २८ मे २०२१ मा काठमाण्डौस्थित थाई राजदूतबाट त्रिभुवन विमानस्थलमा आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको छ।

अर्थ मन्त्रालयले कोभिड–१९ रोकथाम तथा नियन्त्रणको लागि आई.सी.यु. भेन्टिलेटर स्थापना गर्न विभिन्न अस्पतालहरुलाई एक अर्ब ४१ करोडसम्मको सहमति प्रदान गरेको छ ।

मन्त्रालयका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय(धुलिखेल अस्पताल), कोसी अस्पताल, भरतपुर अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल, भेरी अस्पताल, डडेलधुरा अस्पताल, नारायणी अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रि।बि। शिक्षण अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेची अस्पताल, जनकपुर प्रादेशिक अस्पताल, धौलागिरि अस्पताल, लुम्बिनी प्रादेशिक अस्पताल, भीम अस्पताल, सुर्खेत प्रदेश अस्पताल, सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल रहेका छन् ।

यसैगरी पिडियाट्रीक आई.सी.यु. स्थापना गर्न ताप्लेजुङ अस्पताल, सङ्खुवासभा अस्पताल, तेह्रथुम अस्पताल, भोजपुर अस्पताल, खोटाङ अस्पताल, सोलुखुम्बु अस्पताल, ओखलढुङ्गा अस्पताल, रङेली अस्पताल, सुनसरी अस्पताल, सर्लाही अस्पताल, गजेन्द्र नारायण मेमोरियल अस्पताल, बारा अस्पताल, रामेछाप अस्पताल, दोलखा अस्पताल, रन्तनगर अस्पताल, भक्तपुर अस्पताल, भक्तपुर नगर अस्पताल, रसुवा अस्पताल, पर्वत अस्पताल, स्याङ्जा अस्पताल, म्याग्दी अस्पताल, पाल्पा अस्पताल, रोल्पा अस्पताल, पृथ्वी चन्द्र अस्पताल, तुलसीपुर अस्पताल, मुसिकोट अस्पताल, मुगु अस्पताल, मेहलकुना अस्पताल र सेती प्रादेशिक अस्पताल रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस