७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोरोना सङ्क्रमितको उपचारमा कुनै कमजोरी नगर्न अध्यक्ष तिमिल्सिनाको निर्देशन

अ+ अ-

पर्वत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जिल्लामा कोरोना सङ्क्रमितको उपचार र रेखदेखमा कुनै कमजोरी नगर्न निर्देशन दिएका छन् ।

सोमबार गृह जिल्लामा आएका अध्यक्ष तिमिल्सिनाले मानवीय जीवन सबैभन्दा अमूल्य रहेको बताउँदै कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने तर्फ सजग हुन आग्रह गरे । जिल्ला प्रशासन कार्यालयमा पुगेर डिसीसीएमसीसँग जिल्लाको समग्र कोभिड–१९ को अवस्थाबारे जानकारी लिँदै उनले आवश्यक निर्देशन समेत दिएका हुन् । उनले अहिलेसम्मको व्यवस्थापन सन्तोषजनक रहेको बताउँदै महामारी अझै बढ्न सक्ने भएकाले तयारी व्यापक बनाउन आग्रह गरे ।

तिमिल्सिनाले पर्वतको समग्र स्वास्थ्य अवस्थाका बारेमा जानकारी समेत लिएका थिए । उनले महामहारी जुनसुकै बेला पनि आउन सक्ने भएकाले दिर्घकालीन योजनाहरु बनाएर अघि बढ्न आग्रह गरे । तिमिल्सिनाले विकास निर्माणका कामलाई निरन्तरता दिन समेत आग्रह गर्दै कोभीडका कारणले काम हुन नसकेर बजेट फ्रिज हुन नदिने बातावरण बनाउन निर्देशन दिए ।

तिमिल्सिनाले पालिका र सदरमुकाममा बन्ने स्वास्थ्य पूर्वाधाहरुलाई अस्थायी नभई स्थायी प्रकृतिका बनाउन समेत निर्देशन दिएको प्रमुख जिल्ला अधिककारी देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

अध्यक्ष तिमिल्सिनाले निर्माणाधीन पर्वत अस्पताल र आइसोलेशन बोर्डको समेत अवलोकन समेत गरेका थिए । उनले सबै स्थानीय तह र निकाय एकजुट भएर काम गर्न समेत आग्रह गरे ।

कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि कुनै जनशक्ति वा औषधी उपकरण अभाव भएमा आफुलाई खबर गर्न समेत तिमिल्सिनाले आग्रह गरे । सो अवसरमा समग्र जिल्लाको अवस्थाका बारेमा प्रमुख जिल्ला अधिकारी खत्रीले जानकारी गराएका थिए भने कोभिड–१९ को व्यवस्थापनको बारेमा स्वास्थ्य कार्यालय पर्वतले जानकारी गराएको थियो ।
पर्वतमा दोस्रो लहरको कोरोना भाइरसबाट एक हजार दुई सय सङ्क्रमित भएकाले छन् भने ४४ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस