८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मकवानपुरमा जारी निषेधाज्ञा थप ११ दिन लम्ब्याउने निर्णय

अ+ अ-

मकवानपुर । जिल्लामा यही जेठ ३१ गतेसम्म निषेधाज्ञा थप भएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा यही जेठ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले वैशाख १९ गतेदेखि जारी निषेधाज्ञालाई ११ दिन लम्ब्याएर जेठ ३१ गतेसम्म पुर्‍याउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिनुभयो । त्यस्तै केन्द्रको बैठकले अत्यावश्यक सेवा, तरकारी, फलफूल, दुग्ध पदार्थ, खाद्यान्नलगायतका पसलहरु बिहान ८ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । खोपेगल्ली र बसपार्कको तरकारी पसल तथा मण्डी र डिपार्टमेन्ट स्टोर्सहरु पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै यसअघि जारी भएको हेटौंडाको मुख्य बजार क्षेत्र पूर्णरुपमा बन्द गर्ने निर्णय हटाइने भएको छ । बैठकले बैंक तथा मनिट्रान्सफरहरुको हकमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर साताको तीन दिन आइतबार, मङ्गलबार र विहीबार बिहान १० बजेदेखि २ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ । यसैगरी कामदार कर्मचारीलाई उद्योग परिसरमै बस्ने र खाने व्यवस्था मिलाएर वा घरबाटै लाने ल्याउने व्यवस्था गरेर उद्योग सञ्चालन गर्न सक्ने बैठकले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस