९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लायन्स फुड बैंकमार्फत साठी परिवारलाई खाद्यन्न

अ+ अ-

तनहुँ । लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा सञ्चालित लायन्स फुड बैंकमार्फत ६० परिवारलाई खाद्यान्न सहयोग गरिएको छ ।

विश्वभरि फैलिरहेको नयाँ भेरियन्टसहितको कारोना भाइरसको महामारीका कारण नेपालमा चलिरहेको निषेधाज्ञाले घरमा चुलो बल्न कठिनाइ भएको परिवारलाई खाद्यान्न सहयोग गरेको हो ।

निषेधाज्ञाको समयमा कुनै पनि परिवार भोकै बस्न नपरोस् भन्ने उद्देश्यका साथ लायन्सले फुड बैंक स्थापना गरी खाद्यान्न सहयोग गर्दै आएको लायन्स क्लब अफ तनहुँ व्यास सिटीका सचिव शान्ता बाँस्तोलाले जानकारी दिइन् । क्लबले एक हप्ताको खाद्यान्न प्याकेज लिएर अतिविपन्न परिवार, अपाङ्गता, मिर्गौलापीडित भएर थलिएका, छोरा बुहारीले हेरचाह नगरेका वृद्धवृद्धालाई सहयोग गर्दै आएको उनले बताइन् । अन्यमार्फत पठाउँदा दुरुपयोग हुनसक्ने भएकाले समितिका पदाधिकारीहरु नै सम्बन्धित व्यक्तिको घरदैलोमा पुगेर वास्तविकता बुझेर राहत वितरण गर्ने गरिएको क्लबले जनाएको छ ।

यस अभियानमा दमौलीमा रहेका खाद्य पसल, लायन्स क्लबका पदाधिकारी, विदेशमा रहेका नेपाली दाजुभाइको साथ र सहयोगका कारण अघि बढ्न प्रेरणा मिलेको क्लबका अध्यक्ष कुमार मल्लले बताए । हाम्रो कामको मूल्याङ्कन गरी विभिन्न क्षेत्रबाट प्रोत्साहनस्वरुप सहयोग प्राप्त भएकाले घामपानी नभनी सहयोग गर्दै आएको उनले बताए । यस अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना रहेको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं क्लबका चार्टर प्रेसिडेन्ट्स पवीन्द्रकुमार श्रेष्ठले बताए ।

बोनम्यारोपीडितलाई खाद्यन्न सहयोग

लायन्स क्लब अफ तनहुँ व्यास सिटीद्वारा बोनम्यारो क्यान्सरपीडित दीपक मगरलाई बिहीबार खाद्यान्न सहयोग गरेको छ । जिल्लाको देवघाट गाउँपालिका–२ बैदीखानी भित्ता घर भई हाल व्यास नगरपालिका–१ चारकुनेमा भाडामा बस्दै आउनुभएका २६ वर्षीय मगरको परिवारलाई क्लबले सहयोग गरेको हो ।

मगरको छ जनाको परिवारलाई एक हप्ताका लागि पुग्ने खाद्यान्न, दाल, तेल, तरकारीलगायत सामग्री क्लबले प्रदान गरेको हो । क्लबका अध्यक्ष मल्ल, सचिव बाँस्तोला, सदस्यद्वय महमद अलि र राजेश मल्लले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

व्यासद्वारा पन्ध्र हजार सहयोग

व्यास नगरपालिका कार्यालयले बोनम्यारो क्यान्सरपीडित दीपक मगरलाई बिहीबार रु १५ हजार आर्थिक सहयोग गरेको छ । हाल व्यास–१ चारकुनेमा भाडामा बस्दै आएका २६ वर्षीय मगरको उपचारका लागि नगरप्रमुख बैकुण्ठ न्यौपानेले उक्त रकम प्रदान गरेका हुन्। अर्थाभावका कारण डायलासिस गर्न धौधौ भएको अवस्थामा केही समयका लागि राहत मिलेको पीडित मगरले बताए । विभिन्न व्यक्ति, सङ्घसंस्थाबाट स–सानो रकम जुट्न थालेपछि आफूलाई बाँच्ने आशा पलाएको उनले बताए ।

त्यसैगरी केही दिनअघि व्यास–१ स्थित चारकुने टोल विकास संस्थाको सक्रियतामा सङ्कलित रकम रु १० हजार ४० निजकी श्रीमती सजिना मगरलाई हस्तान्तरण गरेको थियो । विसं २०७२ मा बोनम्यारो क्यान्सर भई जेनतेन उपचार गर्दै आए पनि कहीँकतैबाट सहयोग नपाएका मगरले पछिल्लो समय सहयोग जुट्न थालेपछि आफू बाँच्छु भन्ने आत्मबल बढ्न थालेको बताए । त्यसैगरी व्यासनगरपालिका–२ अमरापुरी निवासी गोविन्दराम पन्थ र माधवी नराल पन्थले मगरको उपचारका लागि रु पाँच हजार सहयोग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस