७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुपाल्चोकमा निषेधाज्ञा जेठ मसान्तसम्म थप

अ+ अ-

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जेठ मसान्तसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । केन्द्रले जिल्ला बाहिरबाट आउने सर्वसाधारणलाई अनिवार्य क्वारेन्टिनमा बस्न पनि निर्देशन दिएको छ ।

जिल्लाका १२ वटै स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या बढेपछि स्थानीय प्रशासनले निषेधाज्ञा बढाएको हो । यस अवधिमा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान सञ्चालन गर्न पाइने छ ।

जिल्लामा कोरोना भाइरसको सङ्क्रमण फैलिरहेको र समुदायस्तरमा फैलिनबाट जोगाउनका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।

सो आदेशको पालना गर्न सम्पूर्ण व्यक्ति, सङ्घसंस्था, पेशाकर्मी, व्यवसायी तथा आम नागरिकको महत्वपूर्ण भूमिका हुने भन्दै आदेशको उल्लङ्घन गरेमा प्रचलित कानूनअनुसार कारवाही हुने जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट जारी आदेशमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस