८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्ध नेपालको यात्रामा अविचलित रुपमा लागिरहन्छु : निवर्तमान सञ्चारमन्त्री

अ+ अ-

काठमाडौँ । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आफू जुनसुकै भूमिकामा रहे पनि समृद्ध नेपाल निर्माणको यात्रामा अविचलित रुपमा लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मन्त्रिमण्डल हेरफेर भएको भोलिपल्ट आज नेकपा (एमाले) का केन्द्रीय सदस्य गुरुङले मुलुकको विकसित राजनीतिक घटनाक्रमलाई सही विश्लेषण गरी प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषद् पुनर्गठन गरेकामा स्वागत गर्दै नवनियुक्त मन्त्रीहरुलाई बधाई र कार्यकाल सफलताको कामना गरेका छन् । उनले प्रधानमन्त्री ओलीको दृढ राजनीतिक सङ्कल्पलाई सदैव साथ, सहयोग गरिरहने प्रण व्यक्त गरे ।

उनले सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता एवं त्यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारीमा रहँदा ‘समृद्ध नेपाल ः सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प पूरा गर्न कुनै कसर बाँकी नराखी परिणाममुखी कामका लागि समर्पित भएको र आफ्नो क्षमताले भ्याएसम्म इमान्दार प्रयास गरेको उल्लेख गरे ।

कोभिड- १९ महामारीका कारण यो पुस्ताकै सबैभन्दा भयावह मानवीय सङ्कटको सामना गरिएका बेला सरकार परिवर्तनको खेल र अविश्वासको प्रस्तावजस्ता अस्थिर गतिविधिका कारण सरकारका दिनचर्या अनिश्चिय रुपले गुज्रिए पनि कुनै पनि दिन मन्त्रालयको अन्तिम दिन हुन सक्छ भन्ने सोचेरै काम गरिएको स्पष्ट पनि गरेका छन् ।

उनले आफूले प्रधानमन्त्री ओलीसँग जोडेर गलत र भ्रमपूर्ण सन्देश प्रवाह हुन नदिन सचेततापूर्वक कार्यसम्पादन गरेको बताउँदै परिणामस्वरुप १९ महिने कार्यकालमा कुनै पनि पक्षले नकारात्मक आलोचना गर्ने मौकाको अवसर लिन नसकेको जनाउँदै दोलखाबासी जनता, शुभचिन्तक, समर्थक र आफन्तले शिर झुकाउनु र पश्चाताप गर्नु नपरेको भनेका छन् ।

प्रतिक्रिया दिनुहोस