८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमआइटी ग्रुप फाउन्डेशनद्वारा स्वास्थ्य सामाग्री सहयोग

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण प्रतिकार्यका सन्दर्भमा नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि सहयोग पुर्‍याउन सबै तह र तप्कासँग आह्वान गरेका छन् ।

एमआइटी गु्रप फाउन्डेशनमार्फत सहयोगस्वरुप सङ्कलन गरिएको अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण कार्यक्रममा उनले कोरोना सङ्क्रमण नियन्त्रण र उपचारका सिलसिलामा धेरै मुलुकबाट प्राप्त भइरहेको जानकारी दिए । मन्त्री तामाङले भने, ‘नेपाली जनताको सुरक्षाका लागि ज–जसले जति–जति सकिन्छ सहयोगका लागि सबैसँग आह्वान गर्न चाहन्छु ।’

उनले नेपाली जनतालाई सुरक्षित राख्नका लागि खोपको व्यवस्थापनका साथै अन्य उपचारको प्रबन्धका लागि सरकार गम्भीरतापूर्वक लागिरहेको बताए। उनले प्राप्त सबै सहयोग स्वास्थ्य सेवा विभागमा सङ्कलन गरी सम्बन्धित जिल्लाको माग र आवश्यकताका आधारमा स्वास्थ्य सामग्री पठाउने व्यवस्था गरिएको जानकारी दिए।

गैरआवासीय नेपाली शेष घले र जमुना घलेद्वारा नेपाल तथा नेपाली जनताको सेवाका लागि स्थापित उक्त फाउन्डेशनले करीब रु तीन करोड मूल्य बराबरका २२० थान अक्सिजन कन्सन्ट्रेटर सहयोगस्वरुप हस्तान्तरण गरिएको प्रबन्धक सञ्चालक सुरेश चित्रकारले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस