११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्याङ्जा र सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थपियो

अ+ अ-

सुर्खेत । सुर्खेतमा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

‘जिल्लामा संक्रमणको दरमा केही कमी आएको छ । तर, जोखिम उच्च छ, संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ,’ प्रजिअ रिजालले भने, ‘आजको डीसीएमसीको बैठकले पनि ३१ गतेसम्मका लागि थप्ने निर्णय गरेको छ ।’ वैशाख १४ गतेदेखि जारी भएको निषेधाज्ञा सोमबार ४० दिन पुगेको छ ।

स्याङ्जामा निषेधाज्ञा जेठ ३१ सम्म थप
वालिङ । स्याङ्जामा निषेधाज्ञाको समय थपेर जेठ ३१ गते राति १२ बजेसम्मका लागि कायम गरिएको छ । आज रातिसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको आजको बैठकले एक हप्ता लम्बाएको हो ।

जिल्लामा कोभिड सङ्क्रमणको दर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याईएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए । बैठकले दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्रीहरु दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्रीहरु सञ्चालन गर्न पाउने भएका छन् ।

राजस्व सङ्कलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ भने एटिएम सेवा भने २४ सै घण्टा उपलब्ध गराउनुपर्ने छ । निषेधाज्ञाका समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवाहरु २४ सै घण्टा खुल्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस