९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२३ करोड भारतीयले खोप लगाए, आगामी दिनमा खोप आपूर्ति बढाइने : प्रधानमन्त्री मोदी

अ+ अ-

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २३ करोडभन्दा बढी व्यक्तिलाई खोप लगाइएको बताएका छन् । आगामी दिनमा खोपको आपूर्तिलाई बढाइने उनले बताए ।

सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, ‘भारतसँग स्वदेशमा नै निर्मित दुई खोप छन् । अहिलेसम्म मुलुकमा २३ करोडभन्दा बढी खोपको व्यवस्था गरिएको छ । खोप आपूर्ति आउने दिनमा बढ्ने छ । त्यसैगरी देशका सातवटा कम्पनीले बिभिन्न खोपहरू उत्पादन गर्दैछन र तीनवटा खोप परीक्षणको अन्तिम चरणमा छन्,’ उनले भने ।

भारत महामारीको दोस्रो लहरमा जुधिरहेको कुरा औंल्याउँदै भाइरसको कारण आफ्ना प्रियजनहरूलाई गुमाएका परिवारहरूप्रति उनले सहानुभूति प्रकट गरे ।

खोप उत्पादन गर्ने देशहरु माग गर्ने मुलुकको तुलनामा कम रहेको बताउँदै उनले थपे, ‘आज, यदि हामीसँग भारत निर्मित खोप नभएको भए भारत जस्तो ठूलो देशमा के हुने थियो होलारु सरकार समयमै संवेदनशिल बन्दा यो समस्याबाट भारतीयले छुटकारा पाएका छन् ।’

‘पछिल्ला १०० बर्षमा अहिलेको महामारीेले सबैभन्दा विनाशकारी संकट ल्याएको छ । यस्तो महामारी आजको आधुनिक संसारमा कहिल्यै देखिएको थिएन न त अनुभव नै भएको थियो । हाम्रो देशले विश्वव्यापी महामारीमा विभिन्न तहमा लडाई लडेको छ । कोभिड अस्पताल बनाउनेदेखि लिएर आईसीयू श्यया, भेन्टिलेटर बढाउनेलगायत परीक्षण प्रयोगशालाहरूको ठूलो नेटवर्क सिर्जना भएका छन् । गत एक बर्षमा कोभिड–१९ सँग लड्न देशमा नयाँ स्वास्थ्य सेवाको संरचना निर्माण गरिएको छ,’ उनले भने ।

स्वास्थ्य सङ्कटका कारण कतिपय सेवाका अभाव देखिएपनि सरकारको सक्रियताका कारण ठुलो क्षति हुनबाट जोगिएको पनि उनले बताए ।

प्रतिक्रिया दिनुहोस