११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बालबालिकालाई सङ्क्रमणबाट जोगाउन आग्रह

अ+ अ-

बाँके । बर्दियामा कोरोना भाइरसको तेस्रो लहर फैलिए सबैभन्दा बढी बालबालिका सङ्क्रमित हुने जोखिम रहेको चिकित्सकहरुले जानकारी दिएका छन् । चिकित्सकहरु यस्तो अवस्था आए सरकारी तयारी खासै नभएको गुनासो पोख्छन् ।

बर्दिया जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुभाष पाण्डेले दुई वर्षदेखि १६ वर्षसम्मका बालबालिकाका लागि अहिलेसम्म कुनै खोप नआएकाले उनीहरु बढी जोखिममा रहेको बताए ।

जिल्लामा हाल एक वर्षदेखि ११ वर्षसम्मका बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले बर्दियाको प्रमुख गोर्कण गिरीले जानकारी दिए । स्वास्थ्य कार्यालय बर्दियाको प्रमुख गिरीले दिएको जानकारी अनुसार शनिबारसम्म २७ जना बालक र २२ जना बालिका सङ्क्रमित भएका छन् ।

कोरोना सङ्क्रमित बालबालिका होम आइसोलेसनमा बसेका छन् । दोस्रो चरणको कोरोना फैलिएपछि बर्दियामा १८२ जना बालबालिका निको भएको स्वास्थ्य कार्यालयले जनाएको छ । तीमध्ये बालक ९६ र बालिका ८३ रहेका छन् ।

ठाकुरबाबा नगरपालिकामा-११ बालबालिका होम आइसोलेसनमा रहेका छन् । गुलरिया र बाँसगढी नगरपालिकामा आठ र आठ, बारबर्दियामा छ, राजापुरमा पाँच बालबालिका कोरोना सङ्क्रमित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बर्दियामा बाल चिकित्सकको अभाव छ । बालबालिकालाई सङ्क्रमण भए छुट्टै कोभिड अस्पताल पनि छैन । जिल्लामा एउटा पनि बालबालिकाका लागि विशेष अस्पताल नहुँदा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् ।

कोरोना सङ्क्रमणको तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने भन्दै बालबालिका हेर्न चिकित्सक विज्ञहरूले अस्पतालमा निश्चित शय्या छुट्याएर आवश्यक तयारी गर्न सुझाव दिएका छन् । कोरोनाको पहिलो र दोस्रो लहरमा ‘हटस्पट’ बनेको लुम्बिनी प्रदेशको बर्दियामा बालबालिकालाई सङ्क्रमणबाट जोगाउन कुनै तयारी नहुँदा चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस