१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासनिक भवन निर्माणमा लापरवाही

अ+ अ-

सर्लाही । सर्लाहीको मलङ्गवा नगरपालिकाको प्रशासनिक भवन निर्माण गुणस्तरहीन भएको पाइएको छ ।

मलङ्गवा नगरपालिका–२ को सिटिइभिटी कलेज र शिक्षा कार्यालयको अगाडि निर्माण शुरु भएको भवनको निर्माणमा लापरवाही भएको पाइएको हो । भवन निर्माणमा गुणस्तरहीन सामान प्रयोग भइरहेको भए पनि मलङ्गवा नगरपालिकाका नगरप्रमुख निरसल साहलगायत सरोकारवाला निकाय मौन देखिएका छन् । नगरप्रमुख साहका अनुसार आरसिसीको रिङमा इँट्टा जडान गरेको स्थानमा केही समस्या आएको हो । त्यसलाई ठेकेदार कम्पनीले व्यवस्थापन गर्ने बताएको नगरप्रमुख साहले जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय जनकपुर र मलङ्गवा नगरपालिकाको गरी कूल रु चार करोड ९७ लाखको लागतमा निर्माणाधीन अवस्थामा रहेको नगरपालिकाको प्रशासनिक कार्यालयको भवन तीनतले बन्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीले जानकारी दिए । बहुवर्षे कार्यक्रमअन्तर्गत ग्रागन शिवालय (जेभी) कम्पनीले निर्माणको काम गरिरहेको छ ।

प्राविधिक समस्याका कारण तीनतले भवनको जग भत्किएको र त्यसमा गुणस्तरहीन नभई प्राविधिक कारण पर्खाल भत्किएको साथै पर्खाल भत्किनुमा नगरपालिका जवाफदेही हुने निर्माण कम्पनीले जनाएको छ । नगरपालिकाले परिणाम घट्ने भन्दै माटो अड्याउने गरी मात्र काम गर्न भनेको र सोहीअनुसार काम गर्दा समस्या आएको कम्पनीका साइट प्रमुख सुनिल सुवेदीले बताए।

आफूहरूले तिरेको करबाट भएको निर्माणमा गुणस्तरहीन काम भएको भन्दै निर्माण रोकेर सरोकारवाला निकायले स्थलगत निरीक्षण गरी सत्यतथ्य छानविन गरी ठेकेदारलाई कारवाही गर्न स्थानीय बासिन्दाले माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस