७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नीति तथा कार्यक्रम बहुमतले पारित

अ+ अ-

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको आठौँ तथा बजेट अधिवेशनको आजको बसेको बैठकमा वार्षिक नीति तथा कार्यक्रम आज बहुमतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम ३८(१) बमोजिम आर्थिक वर्ष २०७८/७९ को लागि सरकारको तर्फबाट प्रदेश प्रमुख सोमनाथ अधिकारी‘प्यासी’बाट सदनमा यही जेठ २७ गते बिहीबार नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो भने मुख्यमन्त्री शेरधन राईले सोही दिन सदनमा वार्षिक नीति तथा कार्यक्रम टेबल गरेका थिए ।

दुई दिन लगातार नीति तथा कार्यक्रममा छलफल हुँदा पहिलो दिन १० जनाले र दोस्रो दिन २२ जना सांसदले आ–आफ्ना राय, सुझाव र विचार व्यक्त गरेका थिए ।

मुख्यमन्त्री राईले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफमा आज सांसदहरुको सल्लाह, सुझाव, राय र विचारलाई मार्गदर्शकको रुपमा लिने बताएइ । उनले सरकारले कोभिड–१९ बाट आम नागरिकलाई बचाउन पहिलो प्राथमिकतामा राखेको धारण राख्दै सरकारले ल्याएको नीति तथा कार्यक्रम कार्यान्वयनमा विशेष ध्यान केन्द्रित गर्ने कुरामा जोड दिए ।

मुख्यमन्त्री राईले हामी समृद्धिको यात्रामा रहेको र तीन वर्षको अवधिमा धेरै उलब्धि हासिल गरेको चर्चा गर्दै सपना र महत्वकांक्षाले मात्र जनताको आवश्यकतालाई पूरा गर्न सकिने स्पष्ट पारे ।

उनले समृद्धि बाजा बजाएर वा धुप बालेर नआउने यसका लागि खोज र अविष्कार गर्नु पर्छ भन्दै सरकार घरेलु उत्पादनलाई ‘ब्राण्ड’ बनाउने दिशामा रहेको बताए । उनले यस अधिवेशनमा प्रदेशको नामकरण गर्ने प्रस्ताव पनि सदनमा पेश हुने जानकारी दिए ।

नीति तथा कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट शेखरचन्द्र थापा, नेकपा (माओवादी केन्द्र)को तर्फबाट मोहनचन्द्र खड्का र जनता समाजवादी पार्टीको तर्फबाट जयराम यादवले संशोधन प्रस्ताव दर्ता गराएका थिए ।सांसद यादवको सबै बुँदाहरु मुख्यमन्त्री राईले स्वीकार गरेपछि सो प्रस्ताव उनले फिर्ता लिएका थिए ।

अन्य दुई दलले दर्ता गरेको प्रस्ताव फिर्ता नलिएपछि बहुमतबाट अस्वीकृत भएको थियो । प्रदेशसभाको अर्को बैठक आगामी असार १ गते अपरान्ह ३ बजे बस्ने सभामुख सरस्वती पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस