८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानव स्वास्थ्यका लागि रैथाने चौपायाको दूधको अपार महत्त्व

अ+ अ-

रैथाने भन्नाले कुनै ठाउँमा पहिलेदेखि रहिआएको वा पुरानो बासिन्दा वा आदिवासी वा स्थानपति वा क्षेत्रपाललाई जनाउँदछ। त्यसैगरी रैथाने चौपाया भन्नाले परम्परागतरूपमा सदियौँदेखि कृषकहरूले पशुपालन एवम् संरक्षण गर्दै आएका चारखुट्टे पाल्तु जनावरलाई जनाउँदछ।

नेपालमा पहाडी, तराई, खैला, लुलु, अछामी, सिरी र याक(नाक) गरी सात किसिमका रैथाने जातका गाईहरू पाइन्छन्। गाई पालनको मुख्य उद्देश्य दूध उत्पादन नै हो। उच्च पहाडमा याक र औले गाईको क्रस गराएर वा नाक र औले बहरको क्रस गराएर निस्केको चौरीगाई पनि दूध उत्पादनको लागि पालन गरिँदै आएको छ। रैथाने गाईको उत्पादन तथा उत्पादकत्व कम भएकोले आयातित युरोपियन मुलुकका गाईहरू जर्सी, होलिष्टन फ्रिजियन, ब्राउन स्विस, आयर सायर र दक्षिण एसियन मुलुकका गाईहरूमा हरियाणा, शाहिवाल, रेड सिन्धी प्रमुख रहेका छन् । हाल आएर भारतीय रैथाने थारपारकर र गिर जातका गाई पालनतर्फ कृषकहरूको आकर्षण बढेको छ। नेपालका रैथाने जातका लिमे, पार्कोटे र गड्डी भैँसीको पालन मुख्यतया दूध उत्पादनको लागि भए तापनि बढी दूध उत्पादनको लागि आयातित विश्वप्रसिद्ध दुधालु मुर्रा भैँसीको पालनमा क्रमिक वृद्धि हुँदै गएको छ।

विश्वप्रसिद्ध दुधालु जातको सानन जातको बाख्रा पालन निकै अगाडिदेखि सुरु गरिएको भए पनि खासै गति लिन सकेको देखिँदैन।

नेपाल कृषि अनुसन्धान परिषद्ले आयातित जर्सी गाई पालनको लागि सिफारिस गरेको भए पनि अधिकांश कृषकहरूले विश्वप्रसिद्ध दुधालु गाई होलिष्टन फ्रिजियनलाई नै पाल्नु उपयुक्त ठान्दछन्। आयातित युरोपियन जातका गाई भन्दा रैथाने जातका गाईको दूधको महत्त्व अत्यधिक हुँदा यिनीहरुको यथोचित व्यवस्थापनको पनि त्यतिकै खाँचो रहेकोले पशु कल्याण प्रवर्द्धनमा जोड दिनु आवश्यक छ।

दूध एक महत्त्वपूर्ण पौष्टिकतायुक्त खाद्य पदार्थ हो। दूधमा पानी, चिल्लो पदार्थ (फ्याट), प्रोटिन, ल्याकटोज, खनिज पदार्थ (क्याल्सियम, फोस्फरस, म्याग्नेसियम, पोटासियम, स्ट्रटियम), भिटामिन (ए, बी, बीथ्री, बी१२, सी, डी, इ, के) र पाचन रस(इन्जाइम) तत्त्वहरू रहने भएकोले आदर्श एवं पूर्णआहारकोरूपमा लिइन्छ। सम्पूर्ण पौष्टिक तत्त्वले भरिपूर्ण दूध र दुग्धजन्य पदार्थको उत्पादन र उपभोग स्वच्छ र स्वस्थ हुन सकेमामात्र मानवको लागि उपयोगी हुनसक्छ।

दूधमा भएको चिल्लोले शक्ति सञ्चय गरी बिरामी मानिस वा शारीरिक कमजोर भएका मानिसलाई आन्तरिकरूपमा यहीँ सञ्चित शक्तिको प्रयोग गर्दछ। ल्याक्टोजले तुरुन्त शक्ति प्रदान गरी शरीरलाई स्फूर्ति दिलाउँछ। प्रोटिनले शारीरिक वृद्धि विकास गर्दछ।

भिटामिन ‘ए’ले रतन्धो हुनबाट जोगाउने र प्रजनन क्षमताको विकास गर्ने र शारीरिक विकासमा सहयोग पुर्‍याउँछ। भिटामिन ‘डी’ले हड्डी मजबुत बनाउने, भिटामिन ‘इ’ले मांसपेशी मजबुत बनाई पक्षाघातबाट जोगाउँछ। भिटामिन ‘के’ले चोटपटक लागेको बेला रगत जमाउन मद्दत गरी रगत खेर जानबाट बचाउँछ। भिटामिन ‘सी’ले गिजा सुन्निनबाट जोगाउँछ। भिटामिन बी कम्प्लेक्सले शारीरिक वृद्धि हुने तथा खाना रुचि बढाउँछ। शरीर वृद्धिको लागि आवश्यक पर्ने खनिज लवणहरू क्याल्सियम, म्याग्नेसियम, क्लोरिन, पोटासियम, सोडियम आदिले शरीर सन्तुलन राख्नुका साथै शारीरिक विकासमा सहयोग पुर्‍याउँछ।

दूधमा शरीरको लागि आवश्यक पर्ने महत्त्वपूर्ण तत्त्वहरू पाइने भएकोले यसको सेवनले शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास भई विभिन्न रोगहरूबाट बचाउन मद्दत पुग्छ। दूध तथा दुग्धजन्य पदार्थमा स्वच्छता कायम राख्न सकेन भने यो शरीरको लागि हानिकारक समेत हुन सक्छ। स्वच्छ तथा स्वस्थ दूध र यसबाट बनेका परिकार धेरै समय राख्न सकिन्छ। यिनको मूल्य समेत धेरै पर्दछ।

रैथाने गाईको दूध उत्पादन तथा उत्पादकत्व एकदम न्यून भएकोले युरोपियन मुलुकका जर्सी र होलिष्टिन लगायतका गाईहरू भित्रिएका हुन्। युरोपियन जातका गाईसरी रैथाने जातका गाईहरूको स्याहार सुसार गरेमा रैथाने गाईको पनि उत्पादन तथा उत्पादकत्व बढ्न सक्दछ। रैथाने जातका गाईको अन्य सबै गुणहरूलाई बेवास्ता गरी दूध उत्पादनको परिमाणलाई मात्र मूल्याङ्कन गरी होलिष्टीन गाई पालनमा जोड दिएको देखिन्छ।

सामान्यतया गाईको वर्गीकरण गर्दा जुरो भएको र जुरो नभएको गरी दुई थरिका रहेका छन् । यिनको दूधलाई पनि सामान्यतया प्रोटिनको आधारमा ह्वे प्रोटिन र क्याजिन प्रोटिन गरी दुई थरीमा वर्गीकरण गरेको पाइन्छ। दूधमा क्याजिन प्रोटिनको मात्रा ८० प्रतिशत र ह्वे प्रोटिनको मात्रा २० प्रतिशत रहेको हुन्छ। बिटा क्याजिनमा ३० प्रतिशत प्रोटिन बिटा क्याजिन हुन्छ। बिटा क्याजिनमा  ए१ र ए२ प्रोटिन हुन्छ।

यी दूधहरू मध्ये ए२ दूधलाई स्वास्थ्यको लागि महत्त्वपूर्ण मानिन्छ। ए२ दूधमा प्रोटिन १२ प्रतिशत, भिटामिन डी ३३ प्रतिशत भन्दा बढी, भिटामिन ए २५ प्रतिशतभन्दा बढी, क्रिम ३० प्रतिशतभन्दा बढी र क्याल्सियम १५ प्रतिशतभन्दा बढी पाइन्छ।

सबै रैथाने जातका गाई वा जुरो भएका गाईको दूधमा अत्यधिक मात्रामा ए२ दूध पाइन्छ । ए२ दूधमा प्रोटिन पर्याप्त मात्रामा पाइन्छ। आमाको दूध ए२ दूध बिटा क्याजिन नजिक हुन्छ। गाई, भैँसी, याक(नाक), चौँरी, भेडा, बाख्राको दूधमा अत्यधिक मात्रामा ए२ बिटा क्याजिन पाइन्छ । ए२ दूधले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँदछ।

युरोपियन तथा वर्णशंकर गाईमा ए१ दूध उत्पादन हुन्छ। त्यसैगरी होलिष्टीन फ्रिजियन, आयर सायर र ब्रिटिस सर्ट हर्न गाईको दूध ए१ दूधको नामले चिनिन्छ। त्यसैगरी जुन दूधमा बिटा क्याजिन प्राेटिनको कमी हुन्छ त्यस दूधलाई ए१ दूध भनिन्छ। ए१ दूधमा बिटा क्याजाेमर्फिन ७ तत्त्व हुन्छ। विभिन्न जातका गाईहरू पालन गरिँदै आएकोले जुन गाईको दूध हो, त्यही गाईको नामबाट दूधको ब्रान्डबाट दूध बिक्री गर्दा बढी मूल्य पाउन सकिन्छ। अवश्य पनि स्वास्थ्यको दृष्टिकोणले रैथाने जातका गाईको दूधको उच्च मूल्य हुनु स्वभावीकै भएकोले उपभोक्ताहरूलाई यसको महत्त्व बुझाउन आवश्यक छ।

संयुक्त राष्ट्रको खाद्य तथा कृषि सङ्गठनको सिफारिसअनुसार प्रतिव्यक्ति प्रतिदिन करिब २५० मिलि लिटर दूध उपभोग हुनु पर्नेमा प्रतिव्यक्ति प्रतिवर्ष ९१ लिटर दूध उपभोग गर्नु आवश्यक पर्दछ। कृषि तथा पशुपन्छी डायरी २०७८ अनुसार आ.व.०७६/०७७ मा कुल दूध उत्पादन २३०१००० मेट्रिक टन रहेको छ। कुल गाई सङ्ख्या ७४५८८८५ मध्ये दुधालु गाई सङ्ख्या ११६६१५६(१५.६३%) रहेको छ । जसबाट कुल दूध उत्पादन ९२०४०० मेट्रिक टन रहेको छ । त्यसैगरी कुल भैँसी सङ्ख्या ५२५७५९१ रहेको मध्ये दुधालु भैँसी सङ्ख्या १६३५४९२(३१.१०%) रहेकोमा त्यसबाट दूध उत्पादन १३८०६०० मेट्रिक टन रहेको छ ।

कुल दूध उत्पादनमा गाईको योगदान ४० प्रतिशत र भैँसीको योगदान ६० प्रतिशत रहेको छ। कुल गाई मध्ये करिब ८५ प्रतिशत गाई र कुल भैँसी मध्ये ७० प्रतिशत रैथाने जातका रहेका छन्। व्यावसायिक गाई फार्ममा करिब ७०-७५ प्रतिशत दुधालु गाई र भैँसी फार्ममा करिब ६०-६५ प्रतिशत दुधालु भैँसी हुनु पर्दछ।

हामीले दूध उत्पादन अत्यधिक वृद्धि गर्नुको साथै गुणस्तरीय एवम् स्वास्थ्यकर दूध उत्पादन गर्न पनि त्यतिकै महत्त्वपूर्ण छ। नेपालमा रहेका  रैथाने जातका पशुहरूको व्यवस्थापनका लागि उचित स्याहार सम्भारको त्यतिकै महत्त्व छ। दूध उत्पादन तथा उत्पादकत्वमा उल्लेख्य सुधार गर्न रैथाने चौपाया पालनमा असल पशुपालन अभ्यास अवलम्बन गरिनु अावश्यकछ। मानव स्वास्थ्यको लागि अपार महत्त्व रहेको ए२ दूध उत्पादन गरी खाद्य सुरक्षा तथा पोषणमा उल्लेख्य सुधार गर्न सकिन्छ। रैथाने चौपायाको दूधमा रोग प्रतिरोधात्मक क्षमता उच्च रहेकोले यिनिहरुकाे संरक्षण तथा प्रवर्द्धन गर्नु अपरिहार्य छ।

आधुनिक तरिकाले रैथाने चौपाया पालन गरी ए२ दूध उत्पादन बढाऔँ । नियमित ए२ दूध सेवन गरी शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाऔँ ।

लेखक पशु विकास अधिकृत हुन्।

प्रतिक्रिया दिनुहोस